काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, […]
काठमाडाैं राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो । पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आउनुभएका नम्रता राउत कहाँ बुधबार नै पराल सकिएको छ […]
काठमाडौं लकडाउनको अवस्थामा बैंकका निश्चित शाखाहरुले सेवा दिने भएका छन् । अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुल्ने भएका हुन्। कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन्। नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ। उपप्रधान […]
अजय मिश्र, कृष्णनगर, चैत्र १३ कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारत बाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ । कृष्णनगर नगरपालिका का नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ । भारत बाट आउने नेपाली लाई प्रहरीको सहयोगमा […]
स्थानीय तहमा.. व्यवस्थापन गर्न सकेका छैनन् कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् । कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा […]
दुधौली नगरपालिका१गिचियानीमा गएराति हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय देवु धामी र उनकी श्रीमती ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन्। घाइते दुबैलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पताल लगिएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए। राति घरमै सुतेको बेला हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन्। देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट […]
दाङको बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा ३० बेडको आइसोलेसन कक्ष सञ्चालनमा आएको हो । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा आयुर्बेद शिक्षण अस्पतालमा आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । कोरोना भाइरसका संक्रमित बिरामीको उपचारका लागि तयार गरेर आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । प्रदेश नम्बर ५ ले […]
फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा यात्रा गरेका बाँकेका तीन जनालाई प्रहरीले पहिचान गरी क्वारेन्टाइनमा राखेको छ । उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो । ४ गते आएको जहाजमा रहेकी १९ वर्षीया एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त जहाजमा यात्रा गरेका […]
(सागर थापा) दाङमा जनता कर्फ्यु उलंघन गर्ने तीन जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले सूचनालाई उलंघन गरेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ । जनता कर्फ्युको उलंघन गरेको विभिन्न स्थानबाट दाङ प्रहरीले २ सय ५६ अोटा सवारी साधानलाई नियन्त्रणमा […]
(सागर थापा) दाङ तुलसीपुर उपमहानगरपलिका १३ पुलचोकमा रहेको द रिभर फिस फेम्लि कटेजले लक डाउन अबधिवर विदामा रहेका आफ्ना कर्मचारीको तलबमा वुद्धी गर्ने भाडामा वस्नेलाई भाडा नलिने घोषणा गरेको छ । कटेजका सञ्चालक नर्मदा वस्नेतले आज एक विज्ञप्ती जारी गरी कोरोना भाइरसले विश्व आतंकीत भैरहेको वेला नेपाल सरकारले गरेको निर्णयलाई पालना गर्दै कजेट वन्द गरि […]