नयाँ दिल्ली भारतको मध्य प्रदेशका पूर्व मुख्यमंत्री कमलनाथले राजीनामा दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकारहरूले क्वारेन्टाइन बस्नु पर्ने भएको छ। उक्त सम्मेलनमा सहभागी मध्येका एक पत्रकारकी छोरीलाई कोरोना संक्रमण पाइएको हो। त्यस्तै, पत्रकारलाई परिक्षण गर्दा उनमा समेत कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अब उक्त सम्मेलनमा सहभागि सबैलाई क्वारेन्टाइनमा राखेर परिक्षण […]
नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ। सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ। “पेट्रोल पम्प परिसरको बाहिरपट्टि देखिने […]
काठमाडौं नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा आगन्तुकलाई प्रवेश निषेध गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरी गैर सैनिक तथा अन्य कार्यालयका आगन्तुकहरुको प्रवेशमा अनिश्चितकालीन निषेध गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका विविध गतिविधिहरु प्रेस विज्ञप्तीमार्फत जानकारी गराइने सेनाले जनाएको छ । थप जानकारी तथा […]
गत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ बर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो। किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेकै रहेको पाइएपछि उनीहरूलाई निगरानीमा राखिएको हो। किशोरी चढेको उक्त जहाजमा आएका अन्य ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा सरकारले जहाजमा सवार ब्यक्तिको पहिचान […]
सरकारले शारीरिक दूरीमा बस्न नसकिने भन्दै नेपाल होस्टल एशाेसिएसनले होस्टल बन्द गर्ने निर्णय गरेको छ। एशाेसिएसनले विज्ञप्ति जारी गर्दै ९ गतेबाट चैत मसान्तसम्म सबै होस्टल बन्द गर्न आह्वान गरेको थियो। उपत्यकाका करीब ९० प्रतिशत होस्टल बन्द भएको एशाेसिएसनका अध्यक्ष भक्ति पाठक बताउँछन्। पाठक भन्छन्, “होस्टलमा कोठा सेयर गरेर बस्नुपर्ने भएकाले संक्रमण फैलने जोखिम हुन्छ। त्यसैले […]
दाङमा कोरोना रोकथामका लागि सरकारले आब्हान गरेको देशभर जनता कर्फ्युको आज दोस्रो दिनमा पनि नागरिकले समर्थन गरेका छन् । दाङमा पहिलो दिनको तुलनामा आज दोस्रो दिनमा जनता कर्फ्युको प्रभाव परेको छ । बुधबार बिहानैदेखि दाङमा अत्यवश्यक सवारी साधनबाहेक अरु सवारी साधन संचालनमा आएका छैनन् । नागरिकहरु पनि घरबाहिर निस्केका छैनन् । सुरक्षा निकाय पत्रकार एम्बुलेन्स […]
काठमाडौँ कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिएका छन् । […]
लन्डनमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएकी एक नेपाली महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोभिड–१९ पोजिटिभ देखिएपछि लन्डनको अस्पतालमा भर्ना भएकी भगवती रानाभाट अस्पतालबाट डिस्चार्ज भएकी हुन् । करिब १० दिन अगाडि लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना भएकी थिइन । उनले कोरोनाको संक्रमण निको नहुने भन्दै चिन्ता व्यक्त गरेकी थिइन् […]
कृष्णनगर, चैत्र १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा पर्ने कृष्णनगर बजार खटिएका सुरक्षा निकाए लगायत अन्यमा मास्क र पन्जा वितरण गरिएको छ । नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान को अगुवाई मा उक्त मास्क र पन्जा वितरण गरिएको छ । विश्वमा महामारी का रूपमा रहेको कोरोना भाइरस को संवेदनशीलता लाई मध्य नजर गरि उक्त […]
(सागर थापा) जिल्ला प्रहरी कार्यालय दाङले जनता कर्फ्युकाे दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्राउ गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गरि सडकमा आउने नागरिकलाई प्रकाउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जनता कर्फ्युको पहिलो दिन मंगलबार जिल्लाका […]