११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

ब्यापक बिरोध पछी घिसिङलाई पुनः ४ वर्षे निर्देशकमा प्रस्तावको तयारी

ABC Sanchar काठमाडौं ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी […]

ABC Sanchar काठमाडौं नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका […]

सागर थापा दाङमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास एयर होस्टेस आकाशमा विमोचन भएको छ । यति एयरलाइन्सको ७२ सिटे विमानमा सोही एयरलाईन्समा कार्यरत एयरहोस्टेसहरु सुदिक्षा प्याकुरेल र सुस्मिता मिजारले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । कोरोना संक्रमणलाई मध्यनजर गरी पिपीइसहित स्वास्थ्य सुरक्षा मापदण्ड […]

सन्तोष थापा क्षेत्री दाङ भर्खरै सरुवा भएर आउनुभएका इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले आफ्नो कार्यकालमा देउखुरी क्षेत्रको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौं श्रव्यदृश्य शाखाबाट भर्खरै सरुवा भएर दाङको भालुवाङमा आइपुगेका प्रहरी निरिक्षक भट्टले सोमवार कार्यालयमा राप्ती गाउँपालिका क्षेत्र भित्रका पत्रकारहरु सँगको भेटघाटमा […]

महेन्द्र सिंह बाँके ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ । कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ । त्यति मात्र होइन धेरैले घरमै तरकारी उतपादन समेत गर्न थाले । नेपाली उपभोक्ताको भरमा […]

तेज वली                                                                  ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक र प्रहरीले आकस्मिक र नियमित चेकजाँचलाई थप व्यवस्थित गर्न एउटै […]

ABC Sanchar काठमाडौं बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज बिक्री गरिएको छ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको थापाथलीस्थित कार्यालयबाट प्याज बिक्री गरिरहेको छ । कम्पनीले प्रतिकिलो ६० रुपैयाँको दरले बरामद गरिएको प्याज बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । कम्पनीले बरामद गरिएको सबै १४६ क्विन्टल प्याज बिक्री गर्ने उनले बताए […]

महेन्द्र सिंह बर्दिया सशस्त्र प्रहरीले बर्दियामा अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट गएको गस्ती टोलीले बर्दियाका विभिन्न सिमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको दुनो भैसी, प्याज र चिनी लगायतका सामाग्री बरामद गरेको हो। बरामद गरिएका अवैध सामाग्रीसहित भैसीलाई छोटी भन्सार कार्यालय गुलरीयामा बुझाईएको सशस्त्र प्रहरी […]

ABC Sanchar प्यूठान बिजुवार बाटो खन्दाखन्दै खसेको पहिरोमा परेर डोजर चालकको मृत्यु भएको छ । जिल्लाप्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालीका-१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिबाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन […]

राकेश श्रेष्ठ चितवन बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । […]

error: Content is protected !!