२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

IGP ज्ञवालीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण

(सागर थापा) काठमाडौं फागुन १५ नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सो क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, पथ्य विभाग, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाईग्नोसिस तथा ईमेजिङ विभाग, मेडिकल वार्ड, […]

काठमाडौं फागुन १५ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको हो । ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘म लगायत […]

(सागर थापा) प्रहरीले वीरगंजबाट स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन्। रौतहट पिपरा पोखरिया–१ घर भइ हाल पर्साको वीरगंज महानगरपालिका वडा नंम्बर १६ नगवा बस्ने ४१ वर्षीय संजय कुमार साह, सोही ठाउँका ३० वर्षीय जयलाल महतो, ३१ वर्षीय […]

फागुन १५ काठमाडौं ग्याँस गिजरको प्रयोग गरि नुहाउने क्रममा निस्सासिएर काठमाडौंमा एक विद्यार्थीको ज्यान गएको छ। काठमाडौंको नक्साल स्थित वृहस्पति विद्या सदनमा कक्षा ८ मा अध्ययनरत छात्रा सुविधा पौडेलको मृत्यु भएको हो। बृहस्पति विद्या सदनले मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रती समवेदना प्रकट गरेको छ। गिजरको प्रयोगमा सावधानि नअपानाउँदा मानिसहरुको अकालमा ज्यान जाने […]

फागुन १५ रुपन्देही । रुपन्देही समरिमाई गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष श्रवण कुमार यादव घुस रकम सहित पक्राउ परेका छन । उनले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि पटक पटक सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले रु. ७०,०००।– घुसलिईरहेको अवस्थामा पक्राउ गरिएको […]

फागुन १४, बुटवल । उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव रु. १५,०००।– घुस रकमसहित पक्राउ परेका छन । उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगी सम्बन्धी मुद्दाको बन्दी प्रत्यक्षिकरणमा सहजिकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घुस गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट […]

बैतडी फागुन १४ सुदूरपहाडमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साँझ ७ बजेर ४८ मिनेटमा गएको भूकम्पको धक्का दार्चुला र बैतडीमा महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भारतको उत्तराखण्ड प्रदेशको धार्चुला केन्द्र भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

(सागर थापा)        जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार अवैध रुपमा भारतबाट नेपाल भित्र्याईएका तथा जन स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने ५०० पिस बोईलर कुखुरा तथा ७ क्विन्टल माछा लगाएत धेरै बिना भन्सार समानहरु बर्दिया प्रहरीले बरामद गरी पशु क्वारेन्टाईनको कार्यालय गुलरिया बर्दियामा पठाईएको र सोही कार्यालयद्धारा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी […]

वीरगन्ज फागुन १४ अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जबाट केही कागजात लिएर फर्किएको छ । समय समयमा भ्रष्टाचार र घुस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा आएको अख्तियारको टोलीले बुधबार केही कागजपत्र लिएर फर्किएको हो । पछिल्लो समयमा पनि केही अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानविन गर्न केही कागजपत्र […]

(महेन्द्र सिंह) काठमाडौं महानगरीय ट्राफिक महाशाखाले अनुशासन नियम लागू गरेको छ। जसअनुसार ठूला एवं ढिलो गतिका सवारीसाधनले बायाँ लेन प्रयोग गर्नुपर्नेछ। हलुका एवं तीव्र गतिका सवारीसाधनले भने दायाँ लेन प्रयोग गर्नुपर्ने नियम रहेको छ। देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन पालना नहुँदा सडक दुर्घटना बढेपछि महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त लेन अनुशासनलाई […]

error: Content is protected !!