२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

समाचार

१५ हजार घुस रकम सहित नेपाल प्रहरीका सई पक्राउ

एबिसी संचार जनकपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) लाई घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियारलाई १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । आयोगको बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले […]

एबिसी संचार भारतीय सरकारले ल्याएको विवादास्पद नागरिकता संशोधन कानुन पारित भएसंगै भारतमा विरोध सुरु भएको थियो । दुई साता देखि चलिरहेको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । शुक्रबार उत्तर प्रदेश राज्यमा आठ बर्षीय बालिका सहित ११ जनाको मूत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । प्रर्दशन दिन प्रतिदिन चर्किदै गएको छ । आठ […]

एबिसी सम्बादाता रुकुम पुस ५ रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ मा रहेको ढकालबारामा स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गादान गरिएको छ । स्वास्थ्य चौकी भवन निर्माणका लागि सिस्ने गाउँपालिका–६ निवासी ८० वर्षीय समाजसेवी चन्द्रबहादुर बुढाथोकी र धनबहादुर बुढाथोकीले पाँच–पाँच सय वर्गमिटर क्षेत्रफलको जग्गा निःशुल्क दान गर्नुभएको हो । सरकारको एक वडा एक स्वास्थ्य चौकी […]

एबिसी सम्बादाता काम गर तर फलको आश नगर’ भन्ने भनाई छ तर राम्रो काम गर्नेलाई प्रोत्साहन पनि त्यतिकै आवश्यक पर्दछ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने राष्ट्र सेवक मध्य एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । जसमा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा ३ नम्बर […]

पुस ५ २०७६ भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चारजनाको मृत्यु भएको स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीले बताएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृत्यु भएसँगै नागरिकता कानून संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ। “शुक्रबार मृत्यु भएकामध्ये दुईजना छिमेकी […]

एबिसी सम्बादात बिरगंज पुस ५ वीरगञ्ज बाराको पचरौता नगरपालिका १ पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो । मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् । महतोको घरदेखि चार सय मिटर दूरीमा रहेको नेपाल भारत सीमाना नजिकैबाट जल्दै गरेको शव […]

एबिसी सम्बादाता काठमाडौं पुस ५ स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर-गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगको अभियोग छ। वडाध्यक्षले लिएको रकमको […]

एबिसी सम्बादाता बाँके पुस ५ नेपालगन्जमा दलित समुदायबाट नेपालमै पहिलो महिला जिल्ला न्यायाधीशको ओहोदामा पुग्न सफल मनकुमारी जीएम विकको भनाइ हो यो । सङ्घर्षका निकै खुड्किला पार गर्दै उनी यो स्थानसम्म आइपुगेकी हुन् । उनले प्रदेश ५ को बाँके जिल्ला अदालतमा न्यायाधीशको भूमिका पाएकी छन् । कञ्चनपुरको तत्कालीन कालिका गाउँपालिका–१ अंशुवर्मा टोलमा पिता बलबहादुर विक […]

महेन्द्र सिंह बाँके पुस ४ नेपालगन्ज कारागारमा आन्दोलन सुरु भएको छ। चौकीदार हटाउन माग गर्दै नेपालगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुको आज तालाबन्दी आन्दोलन गरेका छन् । चौकीदार र महिला कैदीबन्दी सग खानाको बिषयमा कुरा नमिले पछि बिबाद बढेको कुरा खुल्न आएको छ। चौकीदार सगको बिबादले अहिले महिला कैदीबन्दीहरुले महिला सेलको गेटमा धर्ना दिएर बसिरहेको नेपालगन्ज […]

सागर थापा तुलसीपुर ४ पुस दाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर देखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ पैया खोरेमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको हो , भने जिपमा सवार ६ जना घाइते भएको दाङका […]

error: Content is protected !!