०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

दशै नजिकैसंग यात्रुहरुलाई हवाई टिकट पाउन समस्या

(ABC-Sanchar) बाँके । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताइन् । उनले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि […]

(ABC-Sanchar) काठमाडौं । शनिबार राजधानीका मुख्य बजार असन, इन्द्रचोक, सपिङ मल तथा खुला बजारमा किनमेल गर्नेको घुँइचो लागेको हो। खाद्यान्न, लत्ताकपडा, गरगहना, मरमसलालगायत किनमेल गर्न आउने ग्राहकहरूको चाप बढेको हो। आइतबार घटस्थापनाको दिन जमरा राखेसँगै दसैं सुरू हुन्छ।

(ABC-Sanchar) दाङ । तुलसीपुर सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताउनुभएको छ । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर लण्डनबाट फर्किएका छन् । उनी श्रीमती लक्ष्मी र छोरा दिग्दर्शनसँगै कतार एअरवेजको उडानमार्फत काठमाडौं आईपुगेका हुन् । महानिरीक्षकसँगै डिआइजी बिष्णु केसी,वरिष्ठ उपरीक्षक दानबहादुर कार्की र शेखर खनालको पनि बिहान साढे ९ बजे स्वदेश फिर्ती भएको छ । दोश्रो वरियताका एआइजी टेकप्रसाद राई पनि अमेरिका भ्रमणमा रहेको […]

  ABC (क्राईमबिट) कंचनपुर । शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको हो। भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि बेलौरी स्थानीय सरकारले लागुऔषधविरुद्धको अभियान सुरु गरेको छ। लागुऔषध विरुद्धको महाअभियान उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको […]

  (ABC-Sanchar) काठमाडौं । असोज २८ गते देखि दशैं सुरु हुने भएकाले घटस्थापनादेखि कोजाग्रत पुर्णिमाका दिनसम्म बन्द हुने सर्वोच्च प्रशासनले जनाएको छ। न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक भने बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ।

सन्तोष खनाल दाङ । फोरलेन ठेक्का रद्द भई अलपत्र परेको कुइरेपानी–तुलसीपुर सडक मर्मतको काम पूरा हुने बेलामा झण्डै आधा काम बाँकी छ । २०८० असार १८ गते सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता गरेको सडकको मर्मतमा पनि ढिलाइ हुँदा सडकमा सास्ती कायमै छ । २०८० असोज मसान्तसम्म म्याद राखेर ठेक्का लगाइएको मर्मतको काम ठेक्का सम्झौता […]

(ABC-Sanchar) काठमाडौं । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले प्रहरीमा यसको उजुरी दर्ता गरेका छन् । बन्द्रा प्रहरी कार्यालयमा दर्ता गरिएको आफताबको उजुरी अनुसार आइतबार एक अज्ञात नम्बरबाट उनलाई मेसेज आएको थियो । मेसेजमा आफताबलाई उनको केवाईसी (नो योर कस्टमर) डिटेल्स अद्यावधिक गर्न भनिएको […]

(ABC-Sanchar) सोलुखुम्बु । बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए । हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको न्यौपानेले बताए । आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए ।

(राजन थारू) धनगढी । कैलालीको गोदावरी नगरपालिका १ का सागर भट्टले बजारबाट किनेर लगेको चामलमा प्लाष्टिक जस्तै तन्किने तथा जल्ने चामल भेटिएको गुनासो गरेका हुन् । घरमा सोह्र श्राद्धका लागि बजारबाट किनेर लगेको ग्रेडिङ चामलमा प्लाष्टिक जस्तै भेटिएको उनले बताए। भात पकाउनका लागि चामल धुने क्रममा चामलको आकार फरक र मोटो देखिएपछि शंका लागेर आगोमा […]

error: Content is protected !!