ABC (क्राईमबिट) काठमाडौं । करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ । सोही प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्। गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर […]
ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५० किलोभन्दा बढी रहेको बताइउको छ । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा […]
ABC (क्राईमबिट) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका […]
ABC (क्राईमबिट) काठमाडौं । पर्साको धोबिनी गाउँपालिका ५ का २७ वर्षीय फैजुल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्समा आइतबार अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा साह पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका […]
ABC (क्राईमबिट) काठमाडौँ । सिनामंगलमा शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले रौतहट घर भएका खजान्ती पासवानलाई पक्राउ गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्छन् । पासवानलाई घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु […]
(सिराज खान) बाँके । नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि २५ प्रतिशतसम्म छुट […]
ABC (क्राईमबिट) सुनसरी । जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनाले विपक्षीहरुको बेईज्जती गरेको भन्ने आरोप लगाई पीडितहरुलाई झुक्याएर वारदात स्थान जिल्ला सुनसरी बराहक्षेत्र न.पा.वडा नं.९ (टोल राजाबास) स्थितको चिहानडाँडाको कोशी किनारमा […]
ABC (क्राईमबिट) काठमाण्डौ । दिल्ली प्रस्थान गर्न लागेका यात्रु भारतीय नागरिक ATUL ARUN AMBATKAR को साथबाट नेपालमा प्रतिबन्धित भा.रु.५०० दरको नोट थान-६३३, भा.रु.२००० दरको नोट थान-९ ले जम्मा भा.रु. ३,३४,५०० (तिन लाख चौतिस हजार पाच सय मात्र) र सुन जस्तो देखिने पहेलो रंगको धातुको ब्रासलेट थान-१, पथर जडित औठी थान-१, औठी थान – ३, सिक्री […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले यस वर्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मीरा चौधरी डिआइजी बुद्धि गुरुङ, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्षेत्रमा राम्रो काम गरेको भन्दै रेकर्डमा उल्लेख हुने उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन्। यसअघि आइजीपी कुँवरले ९ जना […]