(ABC-Sanchar) दाङ । लमही नगरपालिका-३ मिलनचोक निवासी रुपनी चौधरीको करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
(ABC-Sanchar) दाङ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा शान्तिनगर गाउँपालिका-३ बस्तीखोला निवासी अन्दाजी ५० वर्षिया दल बहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । घरको ढोकाबाट बाहिर निस्किने क्रममा नाम नखुलेको सर्पले उनलाई टोकेको थियो । घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब ३ बजेतिर […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका ११ बाघखोली निवासी ११ वर्षिया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । बालिकालाई बलात्कृत गर्ने सोही ठाउँ निवासी २८ वर्षिय सुनिल विक रहेको प्रहरीले बताएको छ । यो घटना साउन २ गते घटे पनि पिडीत बालिका स्वास्थ्य चौकीमा चेकजाँच गराउन गएपछि मात्रै ४ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षक इन्स्पेक्टर प्रहरी नायव उपरीक्षक डीएसपी पदमा बढुवाको लागि सिफारिस भएका छन् । बिहिबार बसेको बढवा सिफारिस समितिको वैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका १४ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधी/कम्प्यूटरतर्फका १ जना गरि […]
ABC (क्राईमबिट) सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् । गत साउन २ गते सशस्त्र प्रहरी सर्लाहीले अवैध रकम र गहनासहित पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको महिलाले प्रहरी हिरासत मै पासो लगाएर आत्महत्या गरेकी हुन् । स्थानीय चक्रघटा गाउँपालिका – ८ कि वर्ष ४० वर्षीय हजरत खातुनले हिरासत […]
(ABC-Sanchar) दाङ । डिभिजन वन कार्यालय दाङले आज बुधबार घोराहीमा एक कार्यक्रम गरी गत आर्थिक बर्षमा कार्यालयले गरेको कार्यक्रमका बारेमा सरोकारवालाहरुसँग बार्षिक प्रगति समिक्षा कार्यक्रम गरेको छ । कार्यक्रममा गत आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रमहरुको वजेट उपशिर्षक अनुसारका क्रियाकलापहरु सहितको लक्ष्य र हासिल गरिएको प्रगतिलाई समावेश गरि डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले […]
(ABC-Sanchar) रुपन्देही । नेपाल सरकारले १०० भन्दा बढी समानमा भन्सार लगाए पछी भारत सरकारले पनि लगायो चामल निर्यातमा रोक स्वदेशी बजारमा चामलको आपूर्ति बढ्दै गएपछि भारत सरकारले गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ। बिहीबार विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा गैर-बासमती सेतो चामलको निर्यातमा रोक लगाइएकाे जनाएकाे छ। भारतमा कम मनसुनका कारण धान उत्पादन […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका लेखापालको ८ वर्षे पदावधि घटाएर ६ वर्षमा झार्ने निर्णय गरिएको छ। नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समितिले हाल कायम रहेको ८ वर्षे पदावधिलाई घटाउने निर्णय गरेको हो। नेपाल प्रहरीका तत्कालीन आईजीपी धिरजप्रताप सिंहले ०७९ असार २७ गते ६ वर्ष नै रहेको पदावधिलाई बढाएर ८ वर्ष बनाएका […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरका अनुसार १२० जना लेखापालको सरुवा निकालिएको हो। ‘सई १०० जना र असई २० जनाको सरुवा निक्लिएको छ नेपाल प्रहरीले सरुवा भएकाहरूको सूची भने आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छैन। सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ। लेखापालको पदावधि ८ वर्षबाट घटाएर ६ वर्ष झार्ने निर्णय भएसँगै सरुवा पनि […]
ABC (क्राईमबिट) धनुषा । मोटरसाइकल लगायत विभिन्न सामान चोरीमा संलग्न रहेको आरोपमा धनुषामा ३० युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। केही दिनयता पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। मोटरसाइकल लगायत सरसामान चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका युवक १७ देखि ३८ वर्षसम्मका छन्। मोटरसाइकलसँगै […]