०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

बाँकेमा वडाअध्यक्ष र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

(ABC-Sanchar) बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तरर्गत रहेका वडा कार्यालयमै घुस लेनदेन हुने गरेको छ । नेपालगन्जको वडा नम्बर १३ का कार्यवाहक वडाअध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको हो । अख्तियारका अनुसार कृषि अनुदानका […]

ABC (क्राईमबिट) झापा । सशस्त्र प्रहरीबीच भएको कुटपिटको घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना निलम्बित भएका छन्। कुटपिटमा संलग्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए। इन्स्पेक्टर राई र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोला निलम्बनमा परेका हुन्। इन्स्पेक्टर राईलाई गृह मन्त्रालय र […]

  (ABC-Sanchar) काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो । फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ […]

  (ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिका वडा नाे.२१पर्वानिपुर स्थित चौक स्थित सडक खण्डबाट बिल विजक भन्दा बढी विभिन्न किसिमका कपडा, मोबिल, हार्डवेयर लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर ट्रक वीरगञ्जबाट ना ४ ख.३९८४ नम्बर को ट्रक काठमाण्डौंतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।३२ गते […]

(ABC-Sanchar) काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले करिब दुई हप्ता लामो थुनछेक बहसपछि १६ जनालाई पुर्पक्षको लागि थुनामा राख्न र दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले लक्ष्मी महर्जनलाई ५ लाख र […]

(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो । १ असारमा मन्त्रालयले उक्त सरुवा तथा पदस्थापन गरेको हो । सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू,गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो । परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको […]

(ABC-Sanchar) पोखरा । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार) का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरू बोकेर सिचुवानको जहाज पोखरा अवतरण […]

(ABC-Sanchar) धनगढी । कैलालीमा सहकारी अगाडि राखिएका मोटरसाइकलमा आगलागी भएको छ । आज जिल्लाको टीकापुर नगरपालिका–१ स्थित नवजीवन सहकारी संस्थाको पार्किङमा राखिएका दुई मोटरसाइकलमा अचानक आगलागी भएको हो । सोही सहकारी संस्थाका सुरक्षा गार्ड मदनबहादुर सिंहको नाममा रहेको भे८प २९३ नम्बरको मोटरसाइकल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका कालु खाँण ठकुरीको सु.प.प्र.०१००८प ५९०२ नम्बरको माटरसाइकलमा एक्कासी […]

(ABC-Sanchar) काठमाडौं । शुक्रबार न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका हरिकृष्ण कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेर अघि नियुक्त गरेका हुन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेललाई कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको जानकारी दिए । नवनियुक्त प्रधानन्यायधीश कार्कीलाई शुक्रबारै साँझ सवा ५ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । आठ महिनायता […]

error: Content is protected !!