ABC (क्राईमबिट) बाँके । कोहलपुरबाट ४ महिनाअघि बाँकेको कोहलपुरमा दुई युवालाई खुँडा र तरवार प्रहार गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १५ वर्षीय बालक रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसअघि कोहलपुर–१० बिद्यानगरका २२ वर्षीय विनय चन्द पक्राउ परिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रबिन्द्र खनालले जानकारी […]
ABC (क्राईमबिट) बाँके । नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी र लागु औषध व्युरोको टोलीले भारतबाट पेन्टी र जुत्ताभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको ५५ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलवार बेलुकी साढे ६ बजे नेपालगञ्ज १५ जमुनाह चेकपोष्टबाट भारतबाट नेपाल छिरि रहेका दांग जिल्ला तुलसीपुर १५ बस्ने गौरव बुढाथोकी […]
ABC (क्राईमबिट) काठमाडौँ । गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पु¥याउने महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का प्रहरी नायव निरीक्षक सई पक्राउ परेकाछन । अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि भरोसा गरिएको हुन्छ । तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दाे निकाय सिआइवीका एक प्रहरी […]
(रवि वर्णवाल) पर्सा । बिरगंज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डमा आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार वीरगञ्ज–१० का २८ वर्षीय चन्दनकुमार साह र ४४ वर्षीय ओमप्रकाश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
(ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले दक्षिण अफ्रिका हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।एक […]
(महेन्द्र सिंह) बर्दिया । लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मंगलवार मधुवन नगरपालिका ५ वाट एक भारतीय नागरिक र बढैयाताल गाउँपालिका ७ बाट २ जना गरी तीनजना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले मधुवन नगरपालिका ५ मा बहराईच जिल्ला मिहीपुरुवा सुजौली […]
ABC (क्राईमबिट) बर्दिया । जिल्लाको गेरुवा गाउँपालिका वडा नं.-४ राजिपुर बस्ने ६२ बर्षिय कालुराम थारुको पाटेबाघको आक्रमणबाट १२ गते आईतवार मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार १२ गते आईतवार साँझ ३:४५ बजेको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्तुभाउ चराउन गएको बेला निकुञ्जबाट आएको पाटे बाघले आक्रमण गरि ज्यान लिएको हो । बर्दिया […]
ABC (क्राईमबिट) काठमाडौँ । महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ […]
(सन्तोष अर्याल) काठमाडौं । विश्व चर्चित भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युुबले डिस्लाक संख्या लुकाएको छ। लाइक र डिस्लाइक गर्ने फिचर कायमै रहनेता पनि लाइक संख्या देखिने र डिस्लाइक संख्या भने नदेखिने बनाइएको हो। युट्युब सर्जकहरूलाई दुर्व्यवहार तथा उत्पीडनका साथै लक्षित आक्रमणबाट बचाउनका लागि डिसलाइक संख्या हटाउने निर्णय युट्युबले गरेको हो। एजेन्सी
ABC (क्राईमबिट) दमक । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ। खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो। जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो। सरकारको ऐन […]