महेन्द्र सिंह बाँके प्रहरीले अफिम सहित एक जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको कोहलपुरमा लागुऔषध अफिम कारोबार भइरहेको सूचना पाएलगत्तै चेकजाँच गर्दा अफिम सहित एक जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । एसपी रानाका अनुसार बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षिय भबिलाल पुन मगरलाई ४ किलो १७४ […]
एबिसी क्राइमबिट काठमाडौैं नेपाल प्रहरीका डिआइजीद्वय निरजबहादुर शाही र प्रधुम्म कार्की एआइजीमा बढुवा भएका छन्। बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। शाही पहिलो नम्वरमा बढुवा सिफारिसमा परेका छन्। सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्। थापा महानिरिक्षकमा नियुक्त […]
महेन्द्र सिंह बाँके असार ३० कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकको टोल बहादुर हमालको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ । पक्राउ पर्नेहरुमा घर मालिक टोल बहादुर हमाल, बडैयाताल गाँउपालिका वडा नं. २ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका ११ बस्ने […]
मनोज डिसी रुकुम जिल्लाको मुसिकोट नगरपालिका–१ सल्ले स्थित केशव सुनारको घरबाट बिहिबार जुवा खेलि रहेका १० जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सुनारको घरको कोठामा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले ४ थान बुक तास सहित ४६ हजार १ सय चालिस रुपैयाँ बरामत गर्नुका साथै १० जनालाई पक्राउ गरिएको प्रहरी […]
मनोज डिसी रुकुम पश्चिममा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३, ज्यामिरेका आठ वर्षीय विशाल घर्तीको सर्पले डसेर मृत्यु भएको हो । उनलाई गएराति १० बजेको समयमा सुतिरहेका वेला सर्पले डसेको र उपचारका क्रममा जिल्ला अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । ढिलो गरी अस्पताल […]
एबिसी क्राईम ब्युरो ‘रेजिमेन्टल अधिकार खोसेर तत्कालीन गृहमन्त्रीहरू शेरबहादुर देउवा, वामदेव गौतम र कृष्णप्रसाद सिटौलाले फौजलाई कमजोर बनाउँदै आईजीपीको फुली लगाइदिने गलत अभ्यास बसाए’ २०५३ फागुन १५ मा नवनियुक्त आईजीपी अच्युतकृष्ण खरललाई दर्ज्यानी चिह्न लगाइदिँदै निवर्तमान आईजीपी मोतीलाल बोहरा (बायाँ) र त्यसको ३६ दिनपछि नियुक्त आईजीपी ध्रुवबहादुर प्रधानलाई दर्ज्यानी चिह्न लगाइदिँदै तत्कालीन गृहमन्त्री वामदेव गौतम […]
एबिसी क्राईम ब्युरो काठमाडौं सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखान नगरपालिका-३ घर भएका ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सुबास कुमार […]
एबिसी संचार काठमाडौँ नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज […]
एबिसी क्राईम ब्युरो काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । उपत्यकाभित्रको अपराध अनुसन्धान गर्दै आएको महाशाखाको कार्यालय अस्थायी रुपमा बानेश्वर सरेको हो । नयाँ भवन निर्माण कार्य सुरु भएकाले दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले प्रशासनलाई बताए । ‘अब बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट […]
एबिसी संचार दाङ असार २२ ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपुलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ निवासी ६९ बर्षीय अमिरुल्ला मुसलमानको उपचारको क्रममा सोमबार मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए । उनको सोमबार विहान ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मुसलमान पटक–पटक विरामी पर्ने गरेका थिए […]