ABC (क्राईमबिट) काठमाडौं । आइजिपी नियुक्तिसम्बन्धि विवादमा अदालतबाट पनि पराजित भएपछि नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । शुक्रबार सर्वाेच्च अदालतले उनले दायर गरेको रिट सर्वाेच्चले अदालतले खारेज गरेको हो । मुद्दामा पराजित भएसँगै उनी सेवामा नफर्कने भएका छन् । उनी निकट स्रोतका अनुसार आइतबार राजीनामा दिने पोखरेलको तयारी छ । […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै […]
ABC (क्राईमबिट) काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ । गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज […]
ABC-SANCHAR काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् । बैठकका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् । ‘पार्टी विभाजन गर्ने हेतुले गुटको बैठक बोलाउनु भयो’ […]
ABC (क्राईमबिट) चितवन । धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा बिहीबार गोरुको मासु फेला परेको हो । […]
ABC-SANCHAR पर्सा । पछिल्लो समय बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पर्सा जिल्लाका विभिन्न स्थानीय तहले गर्मी विदा दिन थालेका छन् । असार महिनाको अन्त्यसम्म पनि वर्षा नहुँदा बढ्दै गरेको गर्मीका कारण विद्यालयमा पठनपाठन अहसज हुँदै गएपछि जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पाकाहमैनपुर गाउँपालिका, धोविनी गाउँपालिका र विन्दवासिनी गाउँपालिकाले गर्मी विदा घोषणा गरेका हुन् । […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्जमा स्थानीय रुटमा चल्ने सार्वजनिक गाडीले हड्ताल गरेका छन् । कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक माइक्रो बस, म्याजिक गाडीले हड्ताल गरेका हुन् । गाडी सञ्चालकहरुले माइक्रो बस र म्याजिक ल्याएर नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि सडकमा तेर्स्याएका छन् । नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु बसपार्कबाटै छुट्नुपर्ने नियम बनाइएको थियो । नेपालगञ्ज–कोहलपुर […]
ABC-SANCHAR दाङ । बिद्युत सेवाबारे ब्यापक जनगुनासो आएपछि बिहीबार पूर्व सिंचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सर्वसाधारण सेवाग्राहीसहित पश्चिम दाङका जनप्रतिनिधिलाई लगेर तुलसीपुरस्थित बिद्युत बितरण कार्यालयमा पुगे । केन्द्रीय सदस्य गिरीसंगै दंगीशरण गाउँपालिकाका प्रमुख शभ्भु गिरी, शान्तिनगर गाउँपालिकाका प्रमुख प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ […]
ABC-SANCHAR बर्दिया ।अहिले बाघ देखिने सिजन भएकाले बाघ हेर्न आउनेको भीड लाग्न थालेको छ । पछिल्लो समय जर्मनी र इजरायलबाट आएका पर्यटकले निकुञ्ज सफारी गरेका छन् । सफारीका क्रममा बाघ देखेका कारण उनीहरू खुसी भएको नेचर गाइड अनुराम चौधरीले बताए । ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ८ जना प्राविधिक वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सुचना प्रविधि/कम्प्यूटरतर्फ ७ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, अन्यतर्फका १ जना गरी ८ जना वरिष्ठ सईलाई […]