(ABC=SANCHAR) काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण भण्डारी (राधे) ले भाइको विरुद्धमा बागी उठेको भन्दै स्वतन्त्र उम्मेदवार र समर्थकलाई धम्क्याउन थालेपछि स्थानीय आन्दोलित बनेका छन्। नीलकण्ठ नगरपालिका ३ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार राधेका भाइ गोपीकृष्ण भण्डारी र कांग्रेसकै बागी उम्मेदवार राजकुमार श्रेष्ठको चुनावी आकलनलाई लिएर राधेले भाइले हारे स्वतन्त्रका पक्षमा रहेका सबैलाई गोली हान्ने […]
(ABC=SANCHAR) भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको […]
(ABC=SANCHAR) काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि हाल त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। मोदी मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ। लुम्बिनीमा मोदीसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा […]
(ABC=SANCHAR) भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । भैरहवामा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले लगायत पुगेका छन् ।
(ABC=SANCHAR) भैरहवा । रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ । […]
(ABC=SANCHAR) भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार लुम्बिनी आएका छन् । लुम्बिनीमा हुने दुई कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री देउवा लुम्बिनी आएका हुन् । प्रधानमन्त्री देउवा सोमबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् भने भैरहवा विमानस्थलको उद्घाटन समेत गर्नेछन् । सोमबारै उनले लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत समेत गर्नेछन् । देउवा […]
(ABC=SANCHAR) पर्सा । बिरगंज निर्वाचन अधिकृत र पत्रकारबिच सहमति भएको छ । सञ्चारमैत्री वातावरण नबनाएको र सूचनाबाट बञ्चित गरिएको भन्दै पत्रकारले विरोध जनाएपछि सरोकारवालाको ध्यान केन्द्रित भएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जिता झा, वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेल लगायतले पत्रकारहरुसँग कुराकानी […]
(ABC=SANCHAR) काठमाडौँ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुल- हुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाइ गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य […]
(ABC=SANCHAR) कञ्चनपुर । भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो । सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । नेकपा […]
(ABC=SANCHAR) चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ […]