(ABC=SANCHAR) काठमाडौं । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा गरेको छ । उनलाई जिम्मा–जमानीमा रिहा गरेको छ । नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी उनलाई त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको थियो । क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित ‘नागरिक मैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आज आइतबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले उक्त अनुशिक्षण तालिमको उद्घाटन गरेका हुन् । उक्त अवसरमा एसएसपी जोशीले यस्ता व्यावसायिक […]
(ABC=SANCHAR) काठमाडौं । नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मुख तथा दाँत सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवशको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । आज बिहान ११ बजेदेखी एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचालित एक दिने […]
(ABC=SANCHAR) काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका […]
(ABC=SANCHAR) काठमाडौँ । यातायात कार्यालय, कुसुन्तीको रजिस्टर बिचौलियाको साथबाट बरामद भएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले ठगीको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका बिचौलियाको साथबाट यातायात कार्यालयको सवारी दर्ता किताब बरामद भएको हो । यातायात कार्यालयको रजिस्टर सहित बिचौलिया मनोज बाँस्तोलालाई आइतबार शंखमुलबाट पक्राउ गरिएको छ । प्रहरीका अनुसार बास्तोलाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआइजी) पद थपेको एक महिनामा गत साता बढुवा सिफारिस भयो । तल्लो तहमा भने नयाँ दरबन्दी थपिएको तीन महिना हुन लाग्दा पनि बढुवा हुन सकेको छैन । १५ वर्षसम्म एउटै पदमा रहनुपर्ने समस्या समाधान गर्न भन्दै सरकारले प्रहरी नियमावली संशोधन गरी तीन वटा पद थप गरेको थियो । […]
ABC (क्राईमबिट) बाँके । रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ११ बजे नेपालगन्ज १२ स्थित नेपालगन्ज मेडिकल कलेजको ( नर्सिङ होम) पश्चिमतर्फ रहेको एक होटेलको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएका छन् […]
(ABC=SANCHAR) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उनले बताइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
(ABC=SANCHAR) बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन लक्षित गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगंजमा गरेको पत्रकार भेटघाटमा नेता महतले गठबन्धनको मोडालिटी भने तयार भइ नसकेको बताए । स्थानीय तहको परिस्थितिका आधारमा पार्टीको केन्द्रीय समितिले नीति बनाउने र सोही नीति अनुसार अगाडि बढ्ने […]
ABC (क्राईमबिट) दाङ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दाङमा पनि आजदेखि म्यादी प्रहरीको फारम भर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय घोराहीमा इच्छुकहरु म्यादी प्रहरीका लागि युवा आवेदन दिन आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । फारम भरेका मध्यबाट छनोट गरि दाङमा कुल १ हजार […]