१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

१ जना युट्युबर चेतन कार्की ब्राउन सुगर गाँजा ट्रकसहित पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्राउन सुगर र गाँजासहित १९ गते पक्राउ गरेको थियो । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो। उनीमाथि […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी […]

ABC (क्राईमबिट) बैतडी । बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो । उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र […]

ABC (क्राईमबिट) काठमाडौं । पद रिक्त भएको महिनौंपछि सशस्त्र प्रहरीमा इन्सपेक्टरबाट डिएसपी बढुवाको प्रक्रिया सुरु भएको छ । बढुवा समितिले शुक्रबार बढुवाका आकांक्षीहरुलाई सात दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न सूचना जारी गरेको छ । सशस्त्र प्रहरीमा डिएसपीका ५७ पद रिक्त छन् । यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-११ त्रिपुरेश्वरस्थित विभागको हाता बाहिर अनलाइन फारम किर्ते गरी सेवाग्राहीहरूबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लम्जुङ बेसीसहर गाउँपालिका-११ घर […]

ABC (क्राईमबिट) कपिलवस्तु । एक गर्भवती महिलाको हत्या आरोपमा मृतक महिलाका पति र ससुरा पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका- ८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम अलि मुसलमान र निजको बुवा ५० वर्षीय अब्बास अलि मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ […]

(महेन्द्र सिंह) बाँके । दुई दिनदेखि भइरहेको वर्षाले बाँके र बर्दियाका ईटा भट्टामा करोडौँकोे क्षति भएको छ । मौसम लाई मध्यनजर गरी ईटा पार्दा करोडौँको क्षति ब्यहोर्नु परेको हो । बाँकेमा मात्रै दुई ३० ओटा ईटा भट्टा रहेका छन् भने बर्दियामा पनि २४ ओटाबढी भट्टा रहेका छन् । पानीका कारण लखौ लाख ईटा गलेको बर्दिया […]

ABC (क्राईमबिट) बाँके । गएराती पौने ९ बजे चन्दननाथ ५ जुम्ला बस्ने २५ बर्षीय राजेन्द्र सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लागूऔषध कारोबार मुद्दामा बाँके जिल्ला अदालतको गत चैत २५ गतेको फैसलाले २ बर्ष २ महिना २७ दिन कैद र २५०० सय रुपैयाँ जरिवाना तोकिएका सुनार फरार थिए । उनी खजुरा […]

(सागर थापा) बर्दिया । लुम्बिनी प्रदेश संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीमा भर्खरै मात्र सरुवा भएर आउनु भएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय बर्दियाको शुक्रबार बिहान अपराध अनुसन्धान शाखा एवम् कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति […]

ABC (क्राईमबिट) दाङ । सल्यानको जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ की ४० बर्षीया रामकली कामीको बिहीबार बेलुका घरमै चट्याङले लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरकै भान्सा कोठामा आगो बालेर बसी रहेकी कामीको चट्याङले परेपपछि मृत्यु भएको हो । घटनास्थलतर्फ प्रहरी शुक्रबार बिहान मात्रै पुग्दै छ । घटनाको थप बिवरण प्रहरी […]

error: Content is protected !!