१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

लगातारको बर्षाले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

(राकेश श्रेष्ठ) चितवन । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा […]

(ABC-Sanchar) गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन दिएका हुन् । समितिले मन्त्रालयलाई रातो किताबमा परेका योजना नकाट्न निर्देशनसमेत दिएको छ । महत्वपूर्ण योजनालाई आयोजनाका […]

(ABC-Sanchar) काठमाडौं । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार […]

(ABC-Sanchar) काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक-दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ। विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भू-भाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण […]

(सर्मिला बोगटी) धनगढी । लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढेको छ। टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाउँ पस्ने खतरा बढेको हो। स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै जाँदा […]

(ABC-Sanchar) पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको […]

(ABC-Sanchar) काठमाडौं । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए । साँघुरो ठाउँ […]

(ABC-Sanchar) बिरगंज । ज्ञानदा एकेडमीले अनलाईको माध्यमबाट अन्तर विद्यालय गायन प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भारत र नेपालका गरी सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको नियमानुसार १८ जना विद्यार्थीहरु प्रथम चरणमा छानिएका थिए भने द्धितीय चरण अन्तर्गत फाइनलमा सात जना र अन्तिम चरणमा चार जना विद्यार्थी सफल भएका थिए […]

(ABC-Sanchar) बागलुङ । धौलागिरि अस्पताल बागलुङको सघन उपचार कक्ष (आइसियु) सेवा बन्द भएको छ । आइसियु सेवा सञ्चालनको लागि आवश्यक डाक्टरको अभाव हुँदा सेवा बन्द भएको हो । आइसियु सेवा आवश्यक पर्ने कोरोनाका बिरामी मर्कामा परेका छन् । जटिल प्रकारका बिरामीलाई सिधै पोखरा पठाउनु पर्ने बाध्यता सृजना भएको धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले […]

(ABC-Sanchar) काठमाडौं । सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन । तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको […]

error: Content is protected !!