(महेन्द्र प्रताप सिंह) बाँके । लकडाउनको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण भयावह बन्दै गएपछि प्रशासनले पुन: निषेधाज्ञाको अवधि लम्बाएर आउँदो जेठ ३ गते […]
(ABC-Sanchar) काठमाडौँ । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा […]
(सर्मिला बोगटी) धनगढी । निधेषाज्ञाको समयमा विनापासमा चलेका ४ वटा यात्रुबहाक बसलाई कैलालीको चिसापानीबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा डिएसपी भरत चौधरीका अनुसार धनगढीबाट काठमाडौं जाने र काठमाडौंबाट आउने ४ वटा बसलाई नियन्त्रणमा लिएको हो। चिसापानीमा आवतजावतका लागि बनाएको सवारी पास चेकजाँच गर्ने क्रममा ४ वटा गाडीले पास नबनाएर चलाएको फेला परेका हुन्। […]
(ABC-Sanchar) काठमाडौं । लकडाउनको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा […]
(ABC-Sanchar) काठमाडौं । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा पाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए […]
(ABC-Sanchar) काठमाडौं । अब नेपालका आठ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला […]
(रवि वर्णवाल) वीरगञ्ज । नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेख गञ्जबाट अब हप्ताको ३ दिनमात्र सेवा प्रवाह हुने भएको छ । कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा पनि पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको अविछिन्न आयात तथा वितरण गर्दै आएको कार्यालयले अब हप्ताको आइतवार, बुधवार र शुक्रवार मात्र कार्यालय सञ्चालन गर्ने एक सूचना जारी गरी जानकारी गराएको छ […]
(ABC-Sanchar) बर्दिया । भारतीय सीमा नजिकै रहेको आफनै खेतबारीमा काम गरि रहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाको आक्रमणमा परि २ जना सर्वसाधरण किसान घाईते भएका छन् । वैशाख २६ गते बिहान ७ः ३ बजेको समयमा खेतवारीमा काम गर्दा बर्दियाको गुलरिया न.पा.१० कालाबन्जार बस्ने बर्ष ५० को ईद्रिसी बेहेनालाई चितुवाले एक्कासी आक्रमण गरेको थियो । आक्रमणमा […]
(ABC-Sanchar) सल्यान । कोरोना भाइरस संक्रमणले संक्रमितसँगै मृत्युदर पनि बढ्दै गएपछि सल्यानमा शव व्यवस्थापनमा ठूलो चुनौति बनेको छ । जिल्लामा एउटा पनि शव वाहन नभएका कारण सक्रमणबाट मृत्यु भएका मानिसको लास बोक्ने साधन अभाव भएको त छनै जेनतेन टिम्परमा हालेर लगिएको शव गाड्ने र जलाउने कार्यमा समेत अवरोध हुन थालेपछि समस्या जटिल बनेको छ । […]
(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।