(ABC क्राईमबिट) कपिलवस्तु। शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा चर्पी गर्न भन्दै रोकेर मामाले बलात्कार गरेका हुन् । १६ बर्षकी भान्जी (पीडित किशोरी) कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन् । सोही कार्यक्रममा बसेर साँझ भएपछि जेठा मामाले कान्छा भाईलाई घर पुर्याउन लगाएका थिए । […]
(ABC क्राईमबिट) काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले नेपालगंजको बिभिन्न स्थानबाट ३० वटा ई-रिक्सा र १ वटा पेट्रोल अटो रिक्सामा ठुलो आवाजमा गित बजाई सवारी बसाई ओसारपसार गरिरहेको अवस्थामा फेला पारी वडा प्रहरी कार्यालयको नियन्त्रणमा ल्याईएको छ । उक्त रिक्साहरुमा जडान गरिएका साउण्ड बक्स तथा स्पिकरहरु खोल्न पठाई अब उप्रान्त त्यस्ता किसिमका […]
ABC Sanchar काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा दुई पक्षका विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन् । मंगलबार (आज) बिहान क्याम्पसमा सरस्वती पूजा गर्ने विषयमा विवाद हुँदा झडप भएको स्ववियु सभापति तपेन्द्रजंग शाहीले बताए । दुबै पक्षले सरस्वती […]
(सागर थापा) दाङ। जिल्ला प्रहरी कार्यालय दाङले ६ किलो १०० ग्राम लागू औषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो २ बजे विशेष सुराकीका आधारमा मोहनजंग बुढाथापाको नेतृत्वमा गएको प्रहरी टोलीले संकास्पद रुपमा झोला बोकी हिडिरहेको अवस्थामा रोल्पा थवाङ गाउँपालिका वडा नं. ५ का ३८ बर्षीय प्रकाश घर्तीलाई पक्राउ गरेको हो । […]
(सर्मिला बोगटी) धनगढी । कैलालीको सामुदायिक वनमा पाटेबाघको चलखेल बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । पाटेबाघले आइतबार एक महिलाको ज्यानसमेत लिइसकेको छ । बाघले मान्छेमाथि आक्रमण गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको छ । शुक्रबार मात्रै पाटेबाघले कैलारी गाउँपालिका–८, दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । […]
(शरद रिजाल) दाङ । महिला हिंसा विरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको छ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सञ्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् । आइतबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र […]
ABC Sanchar काठमाडौँ । जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएको छ । न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते हुनुभएको छ । नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो । अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको हो […]
(ABC क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ६ सय ग्राम सुन सहित काभ्रेपलान्चोक घर भएका ३१ वर्षीय राजिब लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । दुबईबाट काठमाडौं आएका उनलाई जाँच गर्नेक्रममा ब्यागभित्र लाईटमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनलाई लिन आएका अन्य ३ जनालाई […]
(ABC क्राईमबिट) काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । उनका ठाउँमा एसएसपी चन्द्रकुबेर खापुङलाई जिम्मेवारी दिइएको छ। सोमबार गृह मन्त्रालयले एसएसपी थापाको सरुवा भर्ना छनौट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो । त्यस्तै मन्त्रालयले एसएसपी मधुसुदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य […]