ABC क्राईमबिट काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप-समूह, सञ्चारतर्फका १८ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको वैठकले १८ जना असईलाई सईमा बढुवाका लागि सिफारिस गरेको हो ।
ABC क्राईमबिट बाँके । बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित फेरि तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय वीरबहादुर पुन मगर, ३८ वर्षीय रमेश घर्ती र २६ वर्षीय खेमबहादुर थापा रहेको निकुञ्जले जनाएको छ । उनीहरुको साथबाट भरुवा समेत बरामद गरिएको छ । जीवजन्तुको चोरी शिकारीमा संलग्न […]
(महेन्द्र सिंह) बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा बर्षेनी भ्रष्टाचारका उजुरी बढ्दै गएका छन् । बाँके, बर्दिया र दाङ कार्य क्षेत्र बनाएर काम गरिरहेको सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक बर्षको ७ महिनामा ५ सय ८४ उजुरी परेको जनाएको छ । जबकि गत आर्थिक बर्षमा ५ सय ७५ उजुरी दर्ता भएका […]
ABC Sanchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनावको तयारी निरन्तर रुपमा अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका ओलीले निर्वाचनको तयारी निरन्तर रुपमा अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई […]
ABC Sanchar काठमाडौं । आगामी माघ ३० गते शुक्रबार सरकारले देशभर सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको उपलक्ष्यमा बिदा दिने निर्णय भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको छ । गत वर्ष प्रकाशित सार्वजनिक बिदाको सूचिमा ३० गते बिदा थिएन । सरकार कामचलाउ बनेपछि विभिन्न समुदायलाई खुशी बनाउन […]
ABC क्राईमबिट दाङ । नेपाल भारत सिमाक्षेत्रमा धमाधम सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना भएको छ । सिमाक्षेत्रमा बढ्दो सिमा अपराध नियन्त्रण तथा राेकथाम, सिमाक्षेत्रमा बसाेबास गर्दै आइरहेका नाकाबासीलाई शान्ति सुरक्षाको महशुल गराउन नेपाल भारत सिमाक्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको हाे । यस्तै साेमबार दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका […]
ABC Sanchar दाङ । घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीका अनुसार आइतबार मात्रै […]
ABC Sanchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन् बिहान ११ बजे ओली आयोग जाने तयारी भएको नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५÷५ […]
ABC क्राईमबिट रौतहट । सशस्त्र वन गस्ती टोलीले पाँच वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद गरेको छ । डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको गस्ती टोलिले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया काठ बरामद गरेको हो । बरामद काठ २९ कयु।फिट भन्दा बढी रहेको […]
ABC क्राईमबिट मोरङ । बिराटनगर महानगरपालिका-५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु आइतबार राति प्रहरीले बरामद गरेको छ । सोही महानगरपालिका-१० न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अबैध औषधी भण्डार गरेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच […]