(ABC Sanchar) काठमाडौँको पुरानो बसपार्कबाट दैनिक हजारौँ बस छुट्थे तर अहिले कोरोना प्रभावित परिवारलाई खाना खुवाउने स्थानमा परिणत भएपछि सार्वजनिक यातायात कति प्रभावित छ भनेर बुझ्न गाह्रो छैन । गोङ्गबुको नयाँ बसपार्कको अवस्था पनि उस्तै छ । दैनिक २५ सय बस बाहिरिन्थे तर अहिले पाँच सय मात्र चल्छन् । बन्दाबन्दी खुलेको तीन महिना हुनलाग्यो । […]
(ABC Sanchar) काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसी निर्देशक समितिको आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार विदेशबाट जरुरी उद्धार गर्नुपर्नेको सङ्ख्या लगभग सकिएको जानकारी […]
बिबेक गाहा झापा प्रहरीले भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष […]
(ABC क्राईमबिट) जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला […]
(सागर थापा) दाङ लुम्बिनी प्रदेश सभाको हिउँदे अधिबेशन चल्ने तयारि सुरु भएपछि दाङमा सुरक्षा समितिको बैठक बसेको छ ।दाङको घोराही भिग्रेलि भिलेज होटलमा मन्त्रीकै उपस्थितिमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु प्रमुख जिल्ला अधिकारीसहितको […]
(ABC Sanchar) बैतडी शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको चितुवाले ज्यान लिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो। घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ […]
सागर थापा दाङ कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १६ बर्ष पछि पक्राउ गरेकाे छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बस्ने ४७ बर्षीय लिलाधर भण्डारीलाई १६ बर्षपछि आईतबार विहान साढे १० बजे पक्राउ गरिएकाे हाे । फरार रहेका भण्डरीलाई घरबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए । […]
महेन्द्र सिंह बाँके सशस्त्र प्रहरीले बाँकेका सिमा नाकाबाट दिनहुँ भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गर्दै आएको छ। यसैक्रममा सशस्त्र प्रहरीले सोमबार पनि भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा गएको टोलीले सोमबार बिहान ३ बजे नेपालगन्ज वडा नम्बर […]
राजन चौधरी दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहे पनि अझै पाउन सकेका छैनन् । “गहुँ छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्न ढिला भइसक्यो”, शनिवार […]
ABC क्राईमबिट काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७र७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, […]