०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

दुई हप्ताभित्र बङ्गलादेशबाट मल नेपालमा आउँछः कृषि मन्त्रालय

(ABC Sanchar) काठमाडौँ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया शुरु भएको छ । सरकारले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बङ्गलादेश सरकारलाई समझदारी पत्र पठाउने तयारी भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी सरकारको निर्णयअनुसार समझदारीपत्र बङ्गलादेश […]

(ABC क्राईमबिट) बिराटनगर महानगरपालिका-४ कन्चनवारीबाट नियन्त्रीत लागूऔषध गाँजासहित दुई जना महिला पक्राउ परेका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहबाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० बर्षीया बबिता राईलाई ५ किलो ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका […]

(ABC क्राईमबिट) काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल प्रहरीले बरामद गरेको छ । आइतबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त मोबाइल फेला पारी बरामद गरेको हो । बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा […]

(ABC Sanchar) काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४ बजेर २९ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धाडिङको छत्र देउरालीलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो ।

महेन्द्र सिंह बर्दियाको भुरीगाउँबाट प्रहरीले जुवाखालबाट १ दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भुरीगाउँको टोलीले मंगलबार दिउँसो ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को निरक खड्काको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडा नम्बर १ का मित्रलाल भण्डारी, ठाकुरबाबा नगरपालिका २ का बेत प्रसाद भण्डारी ,सोही वडाकै क्रमशः खडक […]

(ABC Sanchar) काठमाडौं यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।

(ABC Sanchar) काठमाडौं कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना […]

(ABC Sanchar)                                              दाङ जंगली वन्यजन्तु सहित ओसारपसार गर्दै गर्दा दुईजना पक्राउ परेको डिभिजनल प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी दिए । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च […]

करुणा श्रेष्ठ चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्। यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको हो। […]

(ABC Sanchar) काठमाडौं पछिल्ला दिनमा बजारमा अत्यावश्यक उनेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तु आकाशिएको छ । पछिल्ला दिनमा बजारमा अत्यावश्यक उपभोग्य वस्तु चिनी, तेल, गेडागुडीको भाउ बढेको हो । सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको […]

error: Content is protected !!