०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

दाङको ९ नाकामा सशस्त्र प्रहरीको वीओपी स्थापना हुँदै …

एबिसी संचार दाङका नौ वटा नाकामा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्दैछ । गृह मन्त्रालयका अनुसार राजपुर गाउपालिकाको भैसाही नाका, सुकली नाका, पटौली नाका, कल्यानपुर नाका, भैरीसाल नाका, मुसी नाका , ककरहवा नाका, सुकौली नाका र गन्धेला नाकामा बीओपी स्थापना गर्न लागिएको हो । नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ […]

एबिसी संचार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ग्वारखोलामा गाँजा खादै गरेको अबस्थामा पाँच जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आईतबार राति तुलसीपुर ६ निबासी ३० बर्षीय शन्दिप शाह, सोही ठाउँका ३१ बर्षीय मोहन शाह, तुलसीपुर १० निबासी किशोर थापा, प्यूठान झिमरुक गाउँपालिका ५ मछि निबासी २२ बर्षीय अस्मित जिसी र […]

एबिसी संचार धनुषा आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिकअस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगानिकाशबाटर जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई […]

एबिसी संचार महोत्तरी मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजयकुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख […]

सागर थापा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडाबाट लु. १ ख ८९५१ नम्बरको ट्रकमा ५ सय ३० बोरा सेतो केराउ लोड गरिएको अवस्थामा पक्राउ गरिएको थियो । विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय पकडी र सीमा प्रहरी चौकी चाकरचौडाको प्रहरी टोलीले सो केराउसहितको ट्रक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकमा करिव […]

राहुल गुप्ता सिरहाको करजन्हा नगरपालिका वडा न. १० परियागपुरमा ३४० मिटरको कालोपत्र सडक निर्माण को कार्य शुरु भएको छ। सिरहा निर्वाचन क्षेत्र न-४ “क”बाट निर्वाचित भएका प्रदेश सभाका सांसद दिलिप साहका संसदीय विकाश कोषबाट उक्त कालोपत्र सडकको निर्माण कार्य शुरु भएको हो। करजन्हा नगरपालिका – १० परियागपुरमा करीब २५लाख को लागत मा कालोपत्र सडक निर्माण […]

राहुल गुप्ता बिरगंज पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले कोभिन–१९ को रोकथाम निरन्तर निदान र उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न ४६ लाख ४० हजार रकमको सहयोग गरेका छन् । जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न योजनामा विनियोजन भएको कार्यक्रम मध्ये […]

एबिसी संचार काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानामा महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश ३-०२-००५ प ३६०६ नम्बरको मोटरसाइकल […]

एबिसी संचार काठमाडौं प्रशासनले उपत्यका बाहिर जादाँ लिनुपर्ने सवारी पासको ढाँचा परिवर्तन गरेको छ। अबदेखि निवेदकले जिल्ला प्रशासन कार्यलयको ढाँचा अनुसार निवदेन दिनुपर्ने भएको छ। ढाँचामा उल्लेख भए बमोजिम यात्रुहरूको नाम, उमेर, सम्पर्क नम्बर लगायतका सबै विवरण भर्नुपर्ने भएको छ। कार्यालयले यो ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदन दिन सक्ने जनाएको छ। यस्तो ढाँचा पसलहरुले […]

एबिसी संचार धनुषाको जनकपुर उपमहानगरपालिका-७ स्थित माछा बजार ईलाकाबाट शनिबार एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा सुर्तिजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मुसरनिया गाँउपालिका ५ बस्ने राज शर्मा र जनकपुर उपमहानगरपालिका १० बस्ने सुरेन्द्र महतो छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेस जनकपुरबाट खटिएको एपीएफ टोलीले […]

error: Content is protected !!