०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

लकडाउन साउन ७ सम्म सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द

एबिसी संचार काठमाडौं सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनलाई ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय गरेको वताइएको छ । यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । अहिले स्वास्थ्यसँग सम्वन्धित […]

एबिसी संचार नयाँ दिल्ली भारत सरकारले चीनका ५९ एप्समाथि सोमवार प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएको सूचीमा टिकटक, सेयर इट, सेन्डर, युसी ब्राउजर, हेलो वन्डर क्यामेरासहित छन्। भारत सरकारले यी चिनियाँ एप्सको सर्भर भारत बाहिर रहेकाले यस्तो कदम उठाइएको जनाएको छ। यी एप्समार्फत प्रयोगकर्ताका विवरण चोरी भइरहेको आरोप भारत सरकारले लगाएको छ। लद्दाखको गलानमा आफ्ना २० […]

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले वसन्त मल्ल हत्याकाण्ड लगायत अन्य अपराधमा संलग्न अपराधीको लिष्ट तयार भइसकेको बताउँदै छिटै कारबाही गरिने बताएकाछन् । वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । […]

दाङमा एक्सरे गर्न आएकी एक महिलालाई सबै वस्त्र खोल्न लगाई नग्न बनाएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन् । आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै वस्त्र […]

एबिसी संचार काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले […]

एबिसी संचार काठमाडौं नेपाल सरकारले विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा यातायातले उक्त रकम सरकारलाई फिर्ता गरिसकेको छ । काठमाडौँ उपत्यकासहित मुलुकका अन्य भूभागमा समेत विद्युतीय बस सञ्चालनमा ल्याउने योजनासहित भौतिक पूर्वाधार […]

एबिसी संचार काठमाडौँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार देशभर १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने भएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी मन्त्रालयअन्तर्गतको कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्त रूपमा गरेको छ […]

एबिसी संचार दाङमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २७ पुरुष र ७ महिला गरि ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा बंगलाचुली गाउँपालिकाका १४ जना, राप्ती गाउँपालिकाका ८ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना र घोराही उपमहानगरपालिकाका ५ जनामा कोरोना संक्रमण देखिएको […]

एबिसी संचार दाङ तुल्सीपुर प्रदेश प्रहरी कार्यालय दाङका अनुसार शनिबार दिउसो साढे १ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना निवासी लोकमान विकका ४ बर्षीय छोराको पानीमा डुबेर मृत्यु भएको हो । सोही ठाउँमा अन्य केटाकेटीहरुसंग खेल्ने क्रममा कटुवाखोलाको पानी जम्मा भएको ठाउँमा खेल्ने क्रममा डुबेर गम्भीर विरामी परेका ति बालकको उपचारको क्रममा अस्पताल लैजादै […]

एबिसी संचार दाङका नौ वटा नाकामा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्दैछ । गृह मन्त्रालयका अनुसार राजपुर गाउपालिकाको भैसाही नाका, सुकली नाका, पटौली नाका, कल्यानपुर नाका, भैरीसाल नाका, मुसी नाका , ककरहवा नाका, सुकौली नाका र गन्धेला नाकामा बीओपी स्थापना गर्न लागिएको हो । नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ […]

error: Content is protected !!