०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

एबिसी संचार काठमाडौँ कोरोना भाइरस कोभिड-१९ नियन्त्रणका लागि फिल्डमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको हो । परिपत्रमा महामारी नियन्त्रणको काममा अग्रपङ्क्तिमा खटिएका सबै राष्ट्र सेवकको […]

एबिसी संचार काठमाडौँ नेपालमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा सङ्क्रमण पुष्टि भएको हो। गण्डकी प्रदेशमा मात्रै सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ। यससँगै नेपालभर भने कुल सङ्क्रमितको सङ्ख्या २३ सय १६ पुगेको छ।

एबिसी संचार काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबिच ५ बुँदे सम्झौता भएसँगै सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन स्थगित भएको छ । १४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई देशभरका चिकित्सकहरूले समर्थन गरेका थिए । बुधवार राति स्वास्थ्य तथा जनसङ्ख्या […]

एबिसी संचार काठमाडौं ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । प्रहरीको केन्द्रीय […]

विमल भट्टराई सुनवल नगरपालिका वडा नं ७ चार पालाका मृगौला पीडित शेरबहादुर परियारको उपचारका लागि सहयोग रकम प्राप्त भएको छ । स्याङ्जा जिल्ला श्रीकृष्ण गण्डकी गाउँपालिका वडा नं ५ भगवती टोल जन्म भई हाल अमेरिका कोलोराडो निवासी भुवन भट्टराई र श्रीमति राधा भट्टराई तथा रुपन्देही देबदह नगरपालिका वडा नम्बर छ बैकुण्ठ नगर हाल अमेरिका कोलोराडो […]

सागर थापा दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर हामी सबै नागरिकहरुको सुरक्षाको लागि हो यसलाई हामी सबैले पालना गर्न जरुरी छ देश अहिले विश्वभर फैलिएको कोरोना भाइसरलाई अन्त गर्न यसको उपचार भनेको लकडाउननै हो । अर्को प्रश्नमा तुल्सीपुर क्षेत्रमा हुने […]

काठमाडौँ लकडाउन घोषणा भएको ७२ औँ दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने घोषणा गरेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि (बिहिबार) देखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल तथा व्यवसाय खोल्ने निर्णय गरेका हुन्। बुधबार महासंघले विज्ञप्ति जारी गर्दै भोलि अर्थात जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको […]

महेन्द्र सिंह बाँके जेठ २२ गुणस्तरहिन मासु बेच्ने फ्रेस हाउसलाई कारवाही नेपालगन्जमा बुधबार मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुखुराको अखाद्य (गुणस्तरहिन) मासु बेचेको भेटिएपछि नेपालगन्ज धम्बोझीको सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई कारबाही गरीएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । पौड्यालको नेतृत्वमा खटिएको बजार अनुगमन […]

एबिसी संचार क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेकाहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् । वडा नम्बर ९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा बसेकाहरुले आरडिटी टेष्ट गर्ने क्रममा दुईजना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेब शेख खुसैद र स्वास्थ्यकर्मी राम नरेश साह घाइते भएका हुन् । उनीहरुको टाउकोमा […]

एबिसी संचार दाङको बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ। बंगलाचुली गाँउपालिकाले सूचना निकालेर वडामा सङ्क्रमणको उच्च जोखिम भएको भन्दै वडा सील गरेको जानकारी गराएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मकालागि वडा सिल गरिएको पालिकाको सुचनामा उल्लेख छ। राप्ती स्वास्थ्य […]

error: Content is protected !!