(महेन्द्र सिंह) बाँके । जिल्ला अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत २०७७/७/२२ गते सम्मानित जिल्ला अदालत बाँकेबाट १ वर्ष ११ महिना ०३ दिन कैद र रु.२०,०००।- जरिवाना तोकिएको चोरी मुद्दामा फरार रहेको प्रतिवादी जिल्ला बाँके जानकी गा.पा.२ नेवाजी गाउँ बस्ने वर्ष ५१ को मातादिन कादुलाई १३ गते पक्राउ गरी […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहाबाट शंकास्पद रुपमा उभिएका जिल्ला बाँके कोहलपुर नगरपालिका ५ रझेना बस्ने वर्ष २२ को होम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले निज होम बहादुर सार्कीलाई तलासी लिने क्रममा रातो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर जस्तो धुलो १ पुडिया तौल १ ग्राम बरामद गरी थप आवश्यक […]
(ABC क्राईमबिट) तनहुँ । डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका-१ निवासी हर्क थापा र व्यास-१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास-१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान […]
(महेन्द्र सिंह) बाँके । कर्णाली प्रदेशका लागि पठाइएको कोरोना विरुद्धको खोप नेपालगन्ज आइपुगेको छ । स्वास्थ्य सेवा विभागले पठाएको उक्त खोप भोलि कर्णाली लगिनेछ । खरिद तथा आपूर्ति शाखा कर्णाली प्रदेशका खोप अधिकृत देवीराम पौडेलले कर्णालीका लागि नेपालगञ्ज आइपुगेको खोप भोलि त्यसतर्फ पठाइने बताउनुभयो । स्वास्थ्य सेवा विभागका खोप सुपरभाइजर कृष्ण सुवेदीको टोली लुम्बिनी […]
ABC (क्राईमबिट) झापा । झापाको शिबसताक्षी-११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक-८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन । टेम्पोमा सवार गरी आएका उनिहरुलाई सोमबार राति ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात […]
(ABC क्राईमबिट) काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक क्रियाकलाप बढ्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभयो । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ […]
(ABC संचार ब्युरो) जनकपुर । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित भारतसँग रहेको बोर्डरमा एक प्रहरी घुमुवाको सेटिँगले तस्करहरु पलाउँदै गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी स्थित रहेको प्रहरी चौकीका घुमुवा सँतोष पाण्डेको सेटिँगले दैनिक रुपमा तस्करहरुले बोर्डर पारीबाट अवैद्य समानहरु भित्र्याउने गरेको छ । यसअघि पनि इटहर्वा प्रहरी चौकीमा […]
(सागर थापा) दाङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नियम विपरित चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सचेतना प्रदान गरेपनि नियम विपरित सवारी चलाउने क्रम नरोकिएपछि प्रहरीले चालकमाथि निगारानी बढाएको हो । दुर्घटना न्युनिकरणका लागि प्रहरीले दाङका विभिन्न स्थानमा छड्के जाँचको कामलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)का लागि बढुवा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाण्डु । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम हराएको मोटरसाइकल पक्राउ गर्न थालेको हो । दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय […]