काठमाडौं नपरीक्षा तयारीमा जुटेका लाखौं विद्यार्थीको परीक्षा पूर्वनिर्धारित कार्यतालिका अनुसारनै सञ्चालन हुने भएको छ। नेपालमा कोरोना भाइरसको सङ†क्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको वार्षिक परीक्षासमेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्वनिर्धारित तालिका अनुसार परीक्षा सञ्चालन हुने भएको हो अब सबै तहको परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछन् । सम्बद्ध अधिकारीले विद्यार्थीलाई निर्वाध […]
प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएको कुरा त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणकाे छैटौं दिनको स्वास्थ्य विवरण सार्वजनिक गर्दै अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण गरिएको आज छैठौं दिन, उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको […]
काठमाडौं नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दुर्घटनाबारे सरकारले छानबिन नगरेको प्रति दुःखेसो पोखेका छन् । सोमबार ग्राण्डी अस्पतालमा आफुँलाई भेट्न आएका सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नभएको प्रति गुनासो गरेका हुन् । मैनालीले आफ्नो दुर्घटनाको पछाडि षडयन्त्र भएको भन्दै छानबिन गर्न आग्रह गर्दै आएका थिए । ‘मैले त यो दुर्घटनालाई षड्यन्त्रको संकेतको रुपमा लिएको […]
काठमाडौँ कुवेतबाट स्वदेश फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। उनको नमुना परीक्षण भइनसकेका कारण कोरोना भाइरस हो वा होइन भन्ने बारे भने पुष्टी हुन बाँकी नै छ। विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल […]
मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट आइतबार एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो । एपीएफ […]
पर्साको बिरगंज महानगरपालिका २१ परवानीपुरबाट एपीएफ टोलीलेबरामद गरेको चाँदीको तयारी गहना आइतबार भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ । उक्त चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले फागुन २४ गते बिहान बरामद गरेको थियो । बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुबाहक बसमा […]
काठमाडौं सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी […]
वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको हो । घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले ती नाबालकको नाम […]
महामारी नियन्त्रणमा आउने विश्वास चीनको वुहानबाट सुरु भएको कारोना भाइरसको संक्रमण विश्वका १०१ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म ३८ सय २५ व्यक्तिको ज्यान गएको छ भने १ लाख ८ हजार ६१० जना संक्रमित बनेका छन्। अमेरिका र यूकेका वैज्ञानिकले कोरोना भाइरसको उपचार तथा भ्याक्सिन बनाएका छन्। जसको परीक्षण अर्को महिना मानिसमा गर्ने बताइएको छ। […]
काठमाडौं कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी ¥यालीसहित सभाको आयोजना ग¥यो । ¥यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए । कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान […]