सिसहनियाँ किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज अापुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्ने अभियानलाई निरन्तरता दिएको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले राप्ती गाउँपालिका भित्रका व्यवसायीक खेती गर्ने किसानको घरमै पुगेर तरकारी किनिरहेको चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् […]
(एबिसी क्राईम ब्युरो) कपिलवस्तुको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको स्रोतको भनाई छ । उक्त निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ । यसको औपचारिक जानकारी भने […]
नेपालमा फेरि एक जनामा कोरोना संक्रमण फेला परेको छ। सप्तरीका एक युवकमा कोरोना पोजेटिभ देखिएको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा कोरोना पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ […]
काठमाडौं सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार आज उपत्यकाका काठमाडौँ, भक्तपुर र […]
काठमाडौँ सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने निर्णय गरेको छ। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने निर्णय भएको जानकारी गराउनुभएको छ। उहाँले भन्नुभयो, भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ। सीमामा सुरक्षा […]
(एबिसी क्राईम ब्युरो) बारा एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिश्रामपुर गाउँपालिका-२ बस्ने २४ वर्षीय राजन पटेल र सोही गाउँपालिका-३ बस्ने २७ वर्षीय अनिल पटेल रहेका छन् । कोरोना भाइरस (कोभिड-१९) का कारण देशभर लकडाउन भैरहेको अवस्थामा उनीहरुले बिरामी बोक्ने अन टेष्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी […]
काठमाडौं सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको आइतबार बसेको पूर्ण बैठकले सोमबारदेखि नेपाल सरकार निवेदक भएको मुद्दा दोहो¥याई पाऊँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका […]
(एबिसी क्राईम ब्युरो) धनुषा जिल्लाको धनौजी गाँउपालिका ३ स्थित कटैया चोकबाट आइतबार एपीएफ टोलीले २० बोतल एक्जीप्लोन नामक लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३६ वर्षिय शेर सिंह तामाङ, ३६ वर्षिय सिताराम यादव र २८ वर्षिय श्रीप्रसाद महतो छन् । बा १३ च १२९५ नम्वरको गाडीमा […]
काठमाडौँ नेपालमा सोमबार बिहान थप १० जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रायलयका अनुसार कपिलबस्तु यशोधा गाउँपालिका-५ र बुद्धभूमी नगरपालिका-७ र १० निवासी […]
(महेन्द्र सिंह) देशभर लकडाउन जारी भएको बेला यता भारतले सिमा मिचेको बेला बाँकेको कोहलपुरका स्थानियहरुले बिरोध प्रदर्शन गरेका छन । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेपछि शनिबार बेलुका कोहलपुरका स्थानिय युवाको नेतृत्वमा विरोधमा प्रदर्शन गरीएको हो । कोरोना भाईरस संक्रमणको संत्रासकै बिच स्थानिय युवाहरुले सामाजिक दुरी कायम गरेरै बिरोध जनाएका थिए । कोहलपुर नगरपालिका ११ […]