२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

काठमाडौं सुनसान बन्दै भीडभाड गरे ठाउँको ठाउँ कारबाही

काठमाडौं कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने […]

धनुषाको बिदेह नगरपालिका ९ खदनाबाट शनिबार एपीएफ टोलीले करीब ३ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट भन्सार छलि पाँच वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त […]

काठमाडौं ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट कोरोनाको औषधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आकाशबाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण […]

नेपाल पत्रकार महासङ्घले कोभिड-१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ। आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो। सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका […]

महेन्द्र सिंह बाँके आइतबार देखि नेपालगन्ज बजार बन्द गरिने भएको छ । त्यसैगरी नेपाल-भारत सिमामा पर्ने नेपालगन्जको जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि पहल गरिने भएको छ । शनिबार बाँकेका प्रजिअ कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको कोरोना भाइरस विरुद्धको जिल्ला स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जानकारी गराइन । […]

कोरोना कहर : मुख्य नाकामा कडा जाँच, नजिकैको चोर बाटोबाट खुल्ला ओहोर-दोहोर नेपाल सरकारले नेपालगन्जको जमुनाह नाकालाई पुर्ण रुपमा बन्द गर्न नसक्दा अहिले चोरबाटो भएर सिमा वारी र पारीबाट ओहोर दोहोर गर्नेको भिड लागेको छ । मुख्य नाका जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्थापना गरेको हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको चेकजाँच भएपनि नाकाको […]

(एबिसी क्राइम ब्युरो) दाङ प्रहरीले घोराहीमा जुवा खेलेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ सरस्वती टोलस्थित बुढाथोकी समिर होटेलमा शुक्रबार राती कोठा भाडामा लिए जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । उनीहरुको साथबाट २ लाख ८९ हजार १५ रुपैयाँ नगद समेत बरामद् गरेको छ […]

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो […]

पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ […]

नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरल बनेको अडियोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अफवाहपूर्ण अडियो फेसबुक म्यासेन्जर तथा ग्रुपहरुमा भाइरल बनेको जानकारी प्राप्त भएपछि प्रहरीले यसमा संलग्न व्यक्तिहरुको खोजी सुरु गरेको जनाएको छ। यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरि प्रचलित कानुन बमोजिम सजाय हुने प्रहरीले बताएको छ। उक्त अडियो ‘फेक’ रहेकोले भ्रममा नपर्न र आतंकित नहुन […]

error: Content is protected !!