नेपाल सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभयो। उहाँका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ। भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको […]
बाँके विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जमा ४० बेडको आईसोलेसन तयार पारिएको छ । लायन्स डेन्टल अस्पताल खजुरारोडको माथिल्लो तलमा ३–३ फिटमा बेड राखेर आईसोलेसन अस्पताल तयार पारिएको हो । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्टिक गभर्नर सेम शाक्यले कोरोना भईरसको संक्रमण फैलिन नदिनको लागि आफुहरुको पहलमा लायन्स डेन्टल अस्पतालमा […]
आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ । नयाँ भाडादरअनुरुप यतीले […]
जनकपुरधाम मास्क र स्यानिटाइजर कालोबजारी गरेको आरोपमा चार जना औषधी व्यवसायीहरु पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् […]
(सागर थापा) ईलाका प्रहरी कार्यालय सुखड कैलालीले माईकिङ गरिरहेको छ । विश्वभरी महामारीका रुपमा कोरोना भाईरस बारे सचेतना फैलाउनका लागि माईकिङ गरिएको हो । कोरोनाका लक्षण र रोकथामका उपायहरु बारे स्थानियहरु लाई सचेतना फैलाउने उदेश्यले माईकिङ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिनुभएको छ । नोबेल कोरोना भाइरसको संक्रमण […]
काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरिएको छ। चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गर्नुपरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो। जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो। समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नु परेको थियो। यात्रुलाई तारा एयरले […]
महेन्द्र सिंह बाँके वडा प्रहरी कार्यालय नेपालगन्जका सुरक्षाकर्मीहरुलाई कोरोना सम्बन्धि सचेत गराईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख निरिक्षक हरी बस्नेतका अनुसार वडा प्रहरी कार्यालय मातहतका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम संचालन गरीएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देबेन्द्र आचार्यले सुरक्षाकर्मीहरुलाई कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका […]
बाँके नेपालगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यकीय सेवाबाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । संघको आईतवार बसेको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यकीय बस्तु तथा सेवाको कामबाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको निर्देशन अनुसार, उद्योगी, व्यवसायीले अर्को निर्णय नहुँदासम्म […]
कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा विस्फोट हुँदा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि […]
(अजय मिश्र,) कृष्णनगर, कपिलवस्तु चैत्र ९ कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब आफ कृष्णनगरको आयोजनामा बहादुरगंज चोकमा माक्स वितरण गरियो । बहादुरगंज चोकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन नगर प्रमुख रजत प्रताप शाहले अपिल गरे। साथै शाहले इन्फरारेड फारहेड थर्मामीटर समेत शिवराज अस्पतालका वेद प्रकाश चौधरी लाइ हस्तान्तरण गर्दै […]