११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

सिसहनिया प्रहरी चौकी भवनको शिलान्यास एसपी चंन्दबाट

बिदुर एमसी दाङ देउखुरी सिसहनियाँ प्रहरी चौकीमा नयाँ बन्न लागेको भवनको मंगलबार शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा रहेको प्रहरी चाैकीमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले गर्नु भएको छ । भाैतिक पुर्वधार निर्देशानालय शाखाबाट यस वर्ष प्राप्त भएको भ्याट सहित १९ लाख रकमबाट […]

सागर थापा दाङ भोलीदेखी घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस संक्रमणको प्रकोप घोराही क्षेत्रमा अत्यधिक रुपमा फैलिन थालेपछि बुधवारदेखि लागु हुने गरी घोराहीका सम्पुर्ण सुनचाँदी पसल अर्को निर्णय नहुदा सम्म बन्द हुने नेपाल सुनचाँदी व्यवसायी संघ घोराही समितिले जनाएको छ । समितिका अध्यक्ष विनोद कुमार विश्वकर्मा र महासचिव मान […]

एबिसी संचार काठमाडौं सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ । उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ । महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको […]

महेन्द्र सिंह बाँके जिल्लामा कोरोनाबाट निको भएर घर जाने क्रम सुरु हुँदै गएको छ । केही समय अघिसम्म जिल्लाका १०८ वटा क्वारेन्टाइन, १३ वटा आइसोलेसन अस्पताल र सेन्टर भरिभराउ रहेकोमा अहिले आएर अधिकांश क्वारेन्टाइन खाली भैसकेका छन् भने आइसोलेसन पनि रित्तिँदै गएका छन् । भारतबाट आउनेहरूको ठूलो सङ्ख्याका कारण करिब १० हजार जनालाई जिल्लाका १०८ […]

एबिसी संचार दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा घोराही उपमहानगरपालिका –१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीको विवाह सम्पन्न भएको थियो । भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले […]

एबिसी संचार दाङको नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट सताइएपछि दाङका नाका क्षेत्रका नाकाबासीहरु नाकाको समग्र विकासमा सरकारलाई दबाव दिन पुस्तौ देखिको भूमि नाका क्षेत्र छोडे । आन्दोलन स्वरुप उनिहरु २०६६ जेठ १३ देखि लमही नगरपालिका वडा नं. ७ को करी सामुदायिक वन र राष्ट्रियमा वनमा बसे । त्यतीबेला नाका क्षेत्रका जनता जुरुक्क उठेका थिए नाका शुनसान […]

सागर थापा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी एसपी ओम रानाले पाउनु भएको छ। एसपी ओम राना काठमाडौं मेट्रोबाट बाँके जिल्ला प्रहरी प्रमुखमा सरुवा हुनुभएको हो । पोखरा कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टा भित्र पक्राउ गरी नेपाल प्रहरीको मान मर्दन राख्न सफल […]

एबिसी संचार दाङ घोराही उपमहानगरपालिकाका दुई क्वारेन्टाइनमा बसेका १७ जनामा घर पठाइएपछि कोरोना पुष्टि भएकाे छ । घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि कोरोना पुष्टि भएको हो । वडा कार्यालयले लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडा कार्यालयमा भेला भइ ध्यानाकर्षण गराएका थिए […]

महेन्द्र सिंह बाँकेको अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधबाट टयाक्टर राप्ती नदीमा दुर्घटना भएको छ । ट्याक्टरसँगै त्यसमा सवार दुईजना पनि नदीमा खसेको र एकजना भने आफै पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ना ७ त ५१८ नम्बरको टयाक्टर बाँकेको राप्ती सोनारी ३ बाट अगैया तर्फ आउँदै गर्दा पुलको बीचभागबाट आफै उछिट्टिएर नदीमा […]

एबिसी संचार काठमाडौँ नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । “समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति […]

error: Content is protected !!