सागर थापा/बिदुर एमसी दाङ भालुवाङ्ग अवैध लागू औसध बोकेर हिड्दै गरेको अबस्थामा लालमटियाकाे शान्तिनगर भन्ने ठाउँबाट एक युवा पक्राउ परेका छन दाङ्गको देउखुरी राप्ती गाउँ पालिका वडा नम्बर १, भालुवाङ्ग निवासी राज पुनलाई विशेष गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए […]
एबिसी संचार काठमाडौं टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई […]
एबिसी संचार चितवन नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो […]
बिदुर एमसी दाङको देउखुरी भालुवाङ्गमा दलित सञ्जाल राप्ती गाउँ पालिकाद्वारा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँ पालिकाकाे वडा नम्बर १ भित्र रहेका अति विपन्न घर परिवारलाई राहत दिने कार्यक्रम रहेको सञ्जालका अध्यक्ष शेरबहादुर सुनारले जानकारी दिएका छन् । विश्व मानव समुदाय काेभिड 19, काेराेना भाइरसको सङ्क्रमणबाट गुज्रिरहेकाे र नेपाल पनि त्यसैअनुरूप कोरोनासित जुधिरहेको […]
महेन्द्र सिंह बाँके कोहलपुर जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको थियो । दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिनपहिले नै ती महिलाको ज्यान गएको हो । मङ्गलबार आएको रिपोर्टमा […]
एबिसी संचार काठमाडौँ सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फिर्ताका लागि तय गरेका उडान एकाएक रद्द भएका छन् । सम्बन्धित देशमा रहेका दूतावासले प्राविधिक कारण देखाउँदै उडान धमाधाम रद्द गर्न थालेपछि यस्तो स्थिति आएको हो । सरकारले यसअघि तय गरेको कार्यतालिका अनुसार असार २ गते संयुक्त अरब इमिरेट्स (यूएई), कतारमा रहेका नेपाली स्वेदश फर्किनु पर्ने […]
एबिसी संचार दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरले घटनाको मुख्य पात्रका रुपमा ब्राउनसुगर, गाँजा, टयाबलेट, चरेस, हुक्का तान्ने तथा मादकपदार्थ सेवन गर्ने व्यक्तिहरु नै भएकाले पहिलो चरणमा त्यस्ता व्यक्तिहरुको लगत संकलन गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव सिंहले जानकारी दिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्क अनुसार सबै भन्दा बढी लागुऔषध दुव्र्यसनी बेलुवामा […]
सागर थापा दाङ जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि दाङमा यसबाट बच्नका लागि थप साबधानि अपनाइने भएको छ । यही क्रममा भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ पाँच बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको वैठकले केही समयका लागि साँझ पाँच बजेपछि बजार बन्द गर्ने […]
एबिसी संचार काठमाडौं प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । त्यस्तै, कास्कीमा प्रहरी […]
एबिसी संचार दाङ घोराही उपमहानगरपालिका भित्रका बिभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरुले काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउआउ गरेका वडा कार्यालयमा सिल गरिएको छ । जसअनुसार घोराही ३ को कार्यालय सिल गरिएको छ, जहाँ संक्रमित स्वास्थ्यकर्मी बस्ने गरेका थिए । त्यस्तै वडा नम्बर ४ मा रहेको स्वास्थ्यचौकी पनि सिल गरिएको छ, जहाँ दुइ स्वास्थ्यकर्मी […]