१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

नेपाल प्रहरीका ३५ SSP को सरुवा तथा पदस्थापन कास्कीमा : केसी

(एबिसी क्राईम ब्युरो) काठमाडौं नेपाल प्रहरीले ३५ जना बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। बिहिबार साझ प्रहरी प्रधान कार्यालयले सुचना जारी गर्दै पुराना र नवनियूक्त एसएसपीहरुको सरुवा तथा पदस्थापन गरेको जानकारी दिएको हो। मुख्यालयले १६ जना एसएपीहरुको सरुवा गरेको छ भने १९ जनाको पदस्थापन गरेको छ। एसएसपी दिपक थापालाई महानगरीय अपराध महाशाखामा […]

नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन्। तर […]

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले कोरोना भाइरसको सङ्कटलाई देखाएर पत्रकारहरु निस्काशन तथा तलब कटौती नगर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ‘लकडाउन’को कारण देखाउँदै नेपालका अधिकांश सञ्चारमाध्यमले त्यहाँ कार्यरत पत्रकारलाई निस्काशन गर्नाका साथै तलबसमेत कटौती गरेका अवस्थामा फोनिजले त्यसो नगर्न आग्रह गरेको हो। भिडियो कन्फ्रेन्समार्फत आज साँझ बसेको फोनिज संघीय समितिको बैठकले सबैखाले सञ्चारगृहलाई […]

काठमाडौं शुक्रबार देशको पश्चिमी भू–भागमा मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशको पश्चिमी भू–भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही केही […]

(नन्दु यादव) बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस सक्रमण लाई राेकथाम गर्ने उदेश्य का साथ नेपाल सरकारलेे गरेकाे लकडाउनकाे माैैैका छाेपि नेपालबाट भारत तर्फ लैजाने क्रममा १२कार्टुुुन स्टार नाम गरेकाेे मदिरा प्रहरीले नियन्त्रण मा लिएकाे छ ।ईलाका प्रहरी कार्यालय बेलाटारीकाे गस्ति टाेलीले प्रतापपुर गाउपालिका वडा न ७ जगरनाथपुर बाट मदिरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक खुमानन्द […]

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु, मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना। वितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन्। यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो। श्रमिकहरुको ‘काम, […]

रोल्पामा बम विष्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको हो । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी […]

अजय मिश्र, कृष्णनगर, चैत्र १८ जिल्लाको कृष्णनगरमा लायन्स कल्ब द्वारा मास्क र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दि रहेका […]

(एबिसी क्राईम ब्युरो) जनकपुरधाम प्रदेश नम्बर २ का प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै डिआइजी धिरजप्रताप सिंह एक देखि अर्को सफलता ११ लाख भन्दा बढी नगद सहित हुण्डी कारोबारी पक्राउ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले आज हुण्डी कारोवारी यादवलाई पक्राउ छ। विशेष सुचनाको आधारमा अवैध वित्तिय कारोवार(हुण्डी) भईरहेको छ भन्ने खबर प्राप्त हुना साथ […]

(कपिल लामिछाने) अहिलेकाे बिद्यमान अबस्थालाई मध्येनजर गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले दाङमै पहिलाे पटक घर-घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वानीकाे बिकास गरेकाे छ । काेराेना भाईरस(काेभिड१९) काे महामारीलाई मध्येनजर गर्दै देशमा अहिले लकडाउन गरिएकाे छ । यसबिचमा दैनिक ज्यालादारी गर्ने मजदुर, लगाएत यस क्षेत्रमा अलपत्र परेका सबै नागरिकहरुलाई वडाले याे अघि […]

error: Content is protected !!