हेटौंडा । कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्डमा सवारी चाप अत्यधिक बढेको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडकको कृष्ण भिरमा पहिरोको उच्च जोखिम र अन्य स्थानमा बाढी पहिरोका कारण राजमार्ग बन्द भएपछि यो वैकल्पिक बाटोमा चाप बढेको हो। मुख्य राजमार्ग बन्द हुँदा काठमाडौं भित्रिने र बाहिरिने अधिकांश साना तथा ठूला सवारी साधन यही बाटो भएर गइरहेका छन्। साँघुरो […]
पर्सा । वीरगञ्ज नारायणी अस्पतालको प्रसूति वार्डबाट चोरी भएको एक दिने नवजात शिशुलाई प्रहरीले ६ घण्टामै सकुशल उद्धार गरेको छ। आइतबार दिउँसो अस्पतालबाट बच्चा हराएको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवन भट्टराईको कमाण्डमा विशेष टोली परिचालन भएको थियो । यसरी भएको थियो उद्धार सूचना पाउनासाथ अस्पतालको सबै सीसीटीभी फुटेज नियन्त्रणमा लिइयो। अस्पतालका सबै […]
कंचनपुर । नेपाल प्रहरीले कञ्चनपुरबाट कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएसलाई नियन्त्रणमा लिएको छ । नेपाली सुरक्षा निकायसँग आवश्यक समन्वय र अनुमति नलिई नेपाली भूमिमा प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय कंचनपुर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन । देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि […]
नुवाकोट । अविरल वर्षापछि त्रिशुली र तादी नदीको बाढीले डुबानमा परेको ऐतिहासिक देविघाट क्षेत्रको प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले स्थलगत अवलोकन गर्नुभएको छ। बाढीले देविघाट बजार क्षेत्रका दर्जनौँ घर, पसल र मन्दिर परिसर जलमग्न भएका छन्। निरन्तरको वर्षाले त्रिशुली नदीको जलसतह बढ्दा तल्लो बजार क्षेत्र डुबानमा परेको हो। अवलोकनका क्रममा आइजीपी पौडेलले: स्थानीय बासिन्दा […]
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-४ बट्टारमा आइतबार दिउँसै घरभित्र प्रवेश गरी लुटपाट भएको छ। स्थानीय बाबुराम अधिकारीको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी अधिकारीले लगाएको सुनको सिक्री र उहाँकी पत्नीले लगाएको कानको टप थुतेर फरार भएका हुन्। दिउँसोको समयमा घरमा पसेका लुटेराहरूले एक्कासि आक्रमण गरी गहना लुटेको पीडित परिवारले बताएका छन्। घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी […]
मुग्लिङ । सबैमा नमस्कार अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन – कुरिनटार जोगिमारा सडक खण्डमा ठूलो पहिरो गएको हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाटो भासिएका कारण सडक खुलाउन केही समय लाग्ने भएकाले यस मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु महानुभावहरू,चालक दाजुभाइहरूले बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन इलाका प्रहरी कार्यालय मुग्लिङले सबैलाई हार्दिक अनुरोध […]
नवलपरासी । नवलपुर बाढीपछि नारायणीमा भेटिएका दर्जनौं शवको पहिचान गर्न र व्यवस्थापन गर्न चुनौती भएपछि जिल्ला प्रहरीले जमिनमुनि अस्थायी रूपमा शव संरक्षण* गर्न थालेको छ। जिल्लामा कोल्ड स्टोरेज र अस्पतालको क्षमताले नधान्ने भएपछि शवहरुलाई वैज्ञानिक तरिकाले जमिनमा संरक्षण गर्ने विधि अपनाइएको हो। कसरी गरिँदैछ संरक्षण? शवलाई प्लास्टिक र सेतो कपडाले बेरेर, पहिचानको लागि ट्याग नम्बर […]
काठमाडौं । कर्तव्य पालनाको सिलसिलामा रसुवा,भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत प्र.स.नि. रामहरि खड्का प्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण । उहाँको पार्थिव शरीरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी दानबहादुर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुले अन्तिम सलामीसहित श्रद्धासुमन अर्पण गर्नुभयो। […]
गोर्खा । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्टि गरेको जानकारी दिएको छ । पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अंगहरूको अन्त्येष्टि गरेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । “गोरखामा शव गृहको अभाव छ । दैनिक […]