काठमाडौं । आगामी सोमबारदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सर्वोच्च अदालत बन्द रहने बिहीबार जारी सूचनामा उल्लेख गरिएको छ । उक्त अवधिमा पर्ने घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने समेत सूचनामा भनिएको छ ।
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका १३ स्थानमा नागरिक सहायता कक्षको स्थापना गरेको छ, काठमाडौँको नयाँबसपार्कमा आयोजित एक कार्यक्रमका बीच आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीज्युको प्रमुख आतिथ्यमा नयाँबसपार्कमै रहेको नागरिक सहायता कक्षको उद्घाटन गरि देशको वर्तमान परिवेशमा प्रहरी सङ्गठनले विभिन्न समस्याका बाबजुत पनि उत्कृष्ट सेवा प्रवाह […]
काठमाडौं । त्यहाँका प्रमुख विश्व अधिकारी हटाइएको प्रहरीस्रोतले जनाएको छ । जेनजी आन्दोलनमा फितलो सुरक्षा व्यवस्था गरेका कारण अधिकारी हटाइएका हुन् । यसअघि ९० डीएसपी सरुवा हुँदा उपत्यकास्थित नगर प्रहरी प्रमुख डीएसपी मन्जील मुकारुङ कार्यभार सम्हालेको पाँच महिनामै हटाइएका थिए । आन्दोलनका क्रममा हातमा चोट लागेका मुकारुङ आफैंले सरुवा मागेको स्रोतले जनाएको छ । काठमाडौं […]
पर्सा । बिरगंज जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारीअनुसार मिति २०८२ असोज २ गते बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेगरी जारी गरिएको कर्फ्यू आदेश फिर्ता गरिएको हो। तर शान्ति–सुव्यवस्था कायम राख्न वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ। […]
काठमाडौं । जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि समितिका सभापतिहरुले सुविधा स्वरुप प्राप्त गरेको सवारी सधान फिर्ता गरेका हुन्। नियमअनुसार संसद नहरेको सात दिनभित्र पदाधिकारीहरुले आफूले पाएको गाडी फिर्ता गरिसक्नुपर्नेछ। भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए। संसद सचिवालयका अनुसार बिहीबारसम्म अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव र […]
आगलागीमा परेकी झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटियो, डाक्टर काठमाडौं । आन्दोलनका क्रममा आगलागीमा परेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत चित्रकारको संक्रमण फैलिन थालेपछि आज देब्रेहात काटिएको हो । उनको देब्रेहात कुहिनोदेखि तल काटिएको बताइएको छ । चिकित्सकका अनुसार, शरीरको १७ प्रतिशत भाग जलेको […]
दाङ । घोराही होटेल सञ्चालन ओविन्द्रबहादुर महराले घटनालाई दुःखद् भन्दै तोडफोड र आगजनी गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका छन् । ‘घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गरिनुपर्छ’ सञ्चालक महराले भने । होटेलमा पूर्वसभामुख कृष्णबहादुर महराको समेत लगानी रहेको भन्ने हल्लाका भरमा तोडफोड र आगजनी भएको भन्ने आफूले सुनेको भन्दै उनले भने, ‘होटेलमा […]
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेका छन् । त्यहाँ पुगेर उनले जेनजी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् । सो क्रममा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरीलाई निर्देशन दिए । गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च […]
काठमाडौं । अवधि पुगेका डिएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवामा विभिन्न जिल्ला तथा कार्यालयका प्रमुख फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कुमार प्रसाद मैनाली, पाँचथरमा अनिश कर्ण, दार्चुलामा गौरव महत, प्यूठानमा नरहरी अधिकारी, अर्घाखाँचीमा दिवस जिसी, डडेल्धुरामा बरुण बहादुर सिंहको सरुवा भएको छ । सरुवामा उपत्यकाका विभिन्न वृत्तका प्रमुख पनि फेरिएका […]
काठमाडौं । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए । यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल […]