२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

मिलेमतोमा टेण्डरमा घोटाला देशभरको जिल्लाहरुमा कुहिएको चामल आयात

(ABC-Sanchar) सुर्खेत । कर्णाली लगायत देशभरका जिल्लाहरूमा खाद्यान्न वितरण गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले म्याद नाघेको खाद्यान्न खरिद गर्नेगरी टेण्डर आह्वान गरेको छ । चामल खरिदको ठेक्का पाएको सप्लायर्सले भारतबाट म्याद नाघेका, कुहिएका कमसल चामल ल्याएर कम्पनीलाई दिन लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जेठ ३२ गते जारी गरेको बोलपत्रअनुसार […]

ABC-Sanchar) काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका […]

(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।०३।०८ गते घोराही उपमहानगरपालिका वडा नं. ७ बेसाई स्थित दुर्गा भगवती टोलमा “लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस”को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङको आयोजना तथा वडा प्रहरी कार्यालय घोराही दाङ र जागृती महिला […]

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका-११, डोक्रेना गाउँका प्रकाश चौधरी गाउँ नजीकैको सहकारी धाएको चार महीना पुग्यो। चौधरीको ध्येय हो, जम्मा दुई बोरा रासायनिक मल हात पार्ने। पालो अझै आएको छैन। “सहकारीमा मल आएको खबर गाउँ आउनासाथ म दौडेर पुगिहाल्छु, तर पालो नआउँदै सकिइसक्छ,” उनी भन्छन्। महीना दिनदेखि सहकारी धाइरहेका घोराही-११, खैरागाउँका डुबल्या चौधरी पनि मल […]

(ABC-Sanchar) काठमाडौँ । आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहराएको हो । सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने जिल्ला अदालतले जनाएको छ । बम्जनविरुद्ध बालयौन दुरुपयोगमा नाम […]

ABC (क्राईमबिट) बाँके । जिल्ला कोहलपुर नगरपालिका वडा नं.४ बस्ने बर्ष ३२ को रामजान अली गुज्जर र वडा नम्बर ३ बस्ने बर्ष ४२ को नन्दलाल थारू रहेका छन् । बर्दिया बाँसगढी नगरपालिका वडा नं.९ स्थित अजय कटेजका संचालक जगराम थारुलाई हामी प्रहरी हौँ भनी पैसा माग गरेको कसूरमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। […]

ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा मिति २०८१।०३।१२ गतेदेखि १३ गते (तदनुसार 26-27 June 2024) सम्म आयोजना हुने “Fourth United Nations Chiefs of Police Summit (UNCOPS)” विषयक कार्यक्रममा सहभागी हुन श्रीमान् गृह सचिव एकनारायण अर्याल श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर लगायत गृह मन्त्रालय तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारिहरू त्यसतर्फ प्रस्थान गर्नुभएको […]

ABC (क्राईमबिट) बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं.१ धम्बोजी शिवमन्दिर नजिक यस वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालमा भन्सार छलि चोरी पैठारी गरी अबैध रूपमा ल्याईएका सामानहरु जम्मा अन्दाजी मूल्य रु.१,६१,८००।-(एक लाख एकसठ्ठी हजार आठ सय) बराबरको फेला पारी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको वडा प्रहरी कार्यालय नेपालगन्जले […]

ABC (क्राईमबिट) काठमाडौं । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको छ । आइतबारको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

(ABC-Sanchar) काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका केही साना नदीमा आज आकस्मिक बाढी आउने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार विशेष गरी ११ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । जसमा पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र रसुवा भई बहने साना नदीमा पानीको बहाव बढ्ने र जोखिम […]

error: Content is protected !!