(ABC-Sanchar) दाङ । संविधान दिवसको अवसर पारेर तुलसीपुर कारागारबाट १४ र घोराही कारागारबाट ८ जना कैदीको बाँकी कैद मिनाहा गर्नेगरी छोडिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो । रिहा हुनेमा हत्या अभियोगमा दोषी ठहर भइ आजीवन कारबासको सजाय पाएका नेपालगञ्ज उपमहानगरपालिका–४ निबासी रिगल ढकाल […]
(ABC-Sanchar) काठमाडौं । बलिउड अभिनेत्री जरिन खान अहिले फिल्मबाट टाढा छिन् तर उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् । कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण । यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् । मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन […]
(ABC-Sanchar) पर्सा । बिरगंज नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगञ्ज – रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधवार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो । चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ लाखौँको सङ्ख्यामा मान्छेहरू व्यावसायिक, धार्मिक र पारिवारिक कामले आवतजावत गर्छन् […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले खोटाङ साकेला गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् । उनीहरूले १ जनालाई वैदेशिक रोजगारका लागि जापान पठाइ कुकमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा […]
(ABC-Sanchar) काठमाडौं । पहेंलो दाँतको कारणले कतिपय अवस्थामा लाजमर्दो परिस्थितिको समेत सामना गर्नुपर्ने हुन्छ । त्यसैले, तपाईं आफ्नो दाँतलाई चम्काउन घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ । भान्छामै भएको नुनको सहयोगले तपाईं आफ्ना दाँत चम्काउन सक्नुहुन्छ । नुन र तोरीको तेल दाँतलाई सेतो बनाउनका लागि तपाईं नुनमा तोरीको तेल मिलाएर प्रयोग गर्न सक्नुहुन्छ । यस मिश्रणलाई […]
(ABC-Sanchar) काठमाडौं । पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चारजना गम्भीर घाइते भएका हुन्। अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन्। सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो। स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् । रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख […]
(ABC-Sanchar) काठमाडौं । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले गरेको विरोध प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनिरहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ आएका छन् । सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो । […]
(ABC-Sanchar) काठमाडौं । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम गरी मनाइएको छ । टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो । सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन […]