(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार गरेको छ । कोरोना महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आईसोलेसनमा राख्नको निमित्त प्रहरीले नेपालगंज उपमहानगरपालिका वडा नं १० मा आइशोलेन केन्द्र निर्माण गरेको हो । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको सहयोगमा […]
(महेन्द्र प्रताप सिंह) बर्दिया । कोभिड १९ मा आमा बुवा गुमाएका कारण खान लाउन समस्या परेका गुलरिया ३ खैरी मनकामना टोलका २ बालक अमन र राहुल नगरकोटीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले तत्कालका लागि खाद्यान्न सहयोग गर्नु भएको छ। बालकका हजुर आमा ७८ वर्षीय पदमा नगरकोटीलाइ सो सहयोग हस्तान्तरण गरिएको हो। […]
(ABC-Sanchar) काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई याे जानकारी गराएको हो । तर, भारतसँग सातामा दुई उडान भने निरन्तर जारी रहने छ । कोरोना महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सो प्रतिवन्ध […]
(ABC-Sanchar) पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लाे समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय […]
(सर्मिला बोगटी) कञ्चनपुर । लागु औषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका १ का ३३ वर्षीय प्रेम दत्त भट्ट र वेदकोट नगरपालिका २ का ३२ वर्षीय केशव खत्री रहेका छन। उनीहरुको साथमा १४/६९ ग्राम खैरोहिरोइन (ब्राउन सुगर) पाइएको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान […]
ABC (क्राईमबिट) काठमाडौं । हाल देशैभरी COVID 19 को विरामीको चाप अत्यधिक रुपमा बढ्नुका साथै उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिण्डरको अभाव समेत देखिएकोमा अक्सिजनको थप मागको परिपुर्ती गरी आवश्यक मात्रामा अस्पतालहरूलाई उपलब्ध गराउने उद्देश्यका साथ गृह सचिव महेश्वर न्यौपानेज्यूको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुखज्यूहरू तथा महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख सहितको टोलीले आज ललितपुरमा […]
(ABC-Sanchar) दिल्ली । भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका लाई २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा अदालतले जन्मकैदको सजाय सुनाएको थियो । एजेन्सी
(ABC-Sanchar) काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो । सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । सेनाले […]
सल्यान । अस्पतालमा अक्सिजन अभाव भएको छ। कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन्। अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ। अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ। कोरोना सङ्क्रमितहरुलाई उच्च […]
(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबिच झडप भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेललाई शपथ नखुवाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिई रहेका एमालेबाहेक दलका सांसदहरू र प्रहरी बिच झडप भएको हो । मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरूले घेरा हालेर […]