१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

मुख्य समाचार

कोरोनाको त्रास सीमा नाकामा कडाई सजगता अपनाउन आग्रह

(महेन्द्र सिंह) बाँके । भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र,मध्यप्रदेश,गुजरातमा केही दिनदेखि रात्रीकालिन कर्फ्यु जारी गरेको छ ।  महाराष्ट्र,तमिलनाडु,पञ्जाब,मध्यप्रदेश,दिल्ली,कर्नाटक,हरियाणा,गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले […]

(महेन्द्र सिंह) बाँके । नेपाली महिलालाई भारत लगेर ५० हजार भारुतीय रुपैयाँ (भारु)मा बिक्री गर्ने १ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्की छन् । प्रहरीका अनुसार कार्कीले ६ वर्ष अगाडि (२०७१ साल असार २८ गते) नेपाली महिलालाई भारत लगेर बेचबिखन गरेका थिए […]

ABC (क्राईमबिट) काठमाडौं । प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ । निर्वाचन भए आफू अनुकूल कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो । सरकारले अघिल्लो सातामात्रै १६ जना सचिवको सरुवा गरेको थियो । साढे चार वर्षे कार्यकालका सचिवलाई ८ […]

  ABC संचार ब्युरो बाँके । नयाँ खाले कोरोनाको नेगेटिभ रिर्पोट देखाएमात्रै नेपाल प्रवेश गर्न भनिएको छ । नेपाल—भारत सीमा खोल्ने परिपत्रमा गरिएको जटिलखाले व्यवस्थाले भारतबाट फर्किने नेपालीहरु नेपाल प्रबेशमा समस्या देखिएको छ । परिपत्रमा भारतबाट आउने भारतीय नागरिक र नेपालीहरुको हकमा नयाँ प्रकारको कोरोना भाइरसको रिर्पोट नेगेटिभ देखाएर मात्रै नेपाल प्रवेश गर्न दिने भनिएको […]

ABC Sanchar काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो। यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो। लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए। झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन्। […]

ABC Sanchar काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल) समूहकी रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन् । राष्ट्रपति विदादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा राज्यविरुद्धको कसुर गरेको भनेर पक्राउ पूर्जी थमाइएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको शंखमूलस्थित निवासबाटै गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखका डीएसपी दूर्गाराज रेग्मीको हस्ताक्षर रहेको जरुरी पक्राउ पूर्जीमा झाँक्रीले […]

ABC क्राईमबिट काठमाडौं । महानगरपालिका-२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका-१२ घर भएका २० वर्षीय सुजन थिङ र १८ वर्षीय किशोर रहेका छन् । संरक्षित वन्यजन्तु चितुवाको दाह्रा […]

  ABC Sanchar काठमाडौं । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ । पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा […]

ABC Sanchar काठमाडौँ । प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेकै दिन सङ्कटकालकै झल्को दिने गरी नेपाली सेनाले बख्तर बन्द गाडीहरूलाई बुटवलका सडकमा घुमाएको छ । पूर्व जानकारी विनै बख्तर बन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए । सेनाले बख्तर बन्द गाडी देखाएर डराउन खोजेको एक कार्यकर्ताले जानकारी दिए । बुटवल बेसक्याम्पबाट निकालिएका […]

  ABC Sanchar काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् । अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत […]

error: Content is protected !!