महेन्द्र सिंह बाँके लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न दुई जना बाँके प्रहरीको फन्दामा परेका छन । दाङबाट कुशुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिईएको जिल्ला […]
महेन्द्र सिंह बाँके नेपालगन्ज उप-महानगरपलिका वार्ड न. १८ स्तिथ यातायात व्यवस्था कार्यालयमा १ जनालाई कोरोना पोजिटिभ भएको यातायात व्यवस्था कार्यालय बाँकेको प्रमुख कामल गौतम ले जानकारी दिनु भएको छ । शुक्रबार भएको पि.सि.अर.का लागि भएको स्वब संकलन मा ४५ जना मध्ये १ जना लाई कोरोना पोजिटिभ देखिएको छ।
महेन्द्र सिंह कर अधिकृतलाई कोरोना देखिएपछि राजश्व कार्यालय बन्द आईतबार एक दिनकालागि आन्तरिक राजश्व कार्यालय बाँके बन्द हुने भएको छ । राजश्व कार्यालय नेपालगन्जका कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिए पछि आईतबार एक दिनकालागि सबै सेवा बन्द गरीएको हो । कार्यालयले एक सूचना जारी गर्दै आईतबार सबै सेवा बन्द रहने जनाएको छ। कार्यालयका सबै कर्मचारीलाई […]
एबिसी संचार दाङ प्रदेश ५ का डिआइजि रबिन्द्र धानुकले दाङका अबैध क्रशरमाथी कारबाहि गर्न जिल्ला प्रहरि कार्यालय दाङलाई कडा निर्देशन दिएका छन । अबैध क्रसरको बारेमा बिभिन्न सञ्चार माध्यममा निरन्तर समाचार आइरहेपछि कडा चासो दिदै तत्काल गैरकानुनि कार्य नियन्त्रण गर्न दाङका प्रहरि प्रमुख गणेश चन्दलाई कडा लिखितरुपमै निर्देशन दिएका छन । अबैध क्रशर बारे डिआइजि […]
राहुल गुप्ता वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । यसैबीच पर्सामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी […]
महेन्द्र सिंह बाँके अख्तियारले भेरी अस्पताल, नेपालगञ्जका कम्प्यूटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ । अख्तियार, नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, कम्प्यूटर अपरेटर खनालले विभिन्न पाटीसँग कमिसन वापत १६ लाख १३ हजार ९ सय ७५ रुपैया लिएका थिए । सामान खरिदको कमिसन रहेको बुझिएको छ । अख्तियार प्रमुख गैरेले स्रोत नखुलेको पैसासहित खनाललाई पक्राउ गरेको […]
महेन्द्र सिंह बाँके प्रहरीले डुडुवाको खडैचाबाट बाँके आशिष अहिर र राजकुमार यादवलाई ६५ सीसी कोरेक्ससहित पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, अहिर र यादवले बोराभित्र राखेर कोरेक्स ल्याइरहेका थिए । उनीहरुलाई गएराती पक्राउ गरिएको थियो । बाँकेमा लागु औषधीसहित दिनहुँजसो कारोबारीहरु पक्राउ परिरहेका छन् । नेपालगञ्जको मुख्य नाका जमुनाहा बन्द रहेपछि कारोबारीले छोटी नाकाहरु […]
महेन्द्र सिंह बाँके प्रहरीले अफिम सहित एक जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको कोहलपुरमा लागुऔषध अफिम कारोबार भइरहेको सूचना पाएलगत्तै चेकजाँच गर्दा अफिम सहित एक जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । एसपी रानाका अनुसार बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षिय भबिलाल पुन मगरलाई ४ किलो १७४ […]
एबिसी क्राइमबिट काठमाडौैं नेपाल प्रहरीका डिआइजीद्वय निरजबहादुर शाही र प्रधुम्म कार्की एआइजीमा बढुवा भएका छन्। बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। शाही पहिलो नम्वरमा बढुवा सिफारिसमा परेका छन्। सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्। थापा महानिरिक्षकमा नियुक्त […]
महेन्द्र सिंह बाँके असार ३० कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकको टोल बहादुर हमालको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ । पक्राउ पर्नेहरुमा घर मालिक टोल बहादुर हमाल, बडैयाताल गाँउपालिका वडा नं. २ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका ११ बस्ने […]