१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

मुख्य समाचार

पश्चिम रुकुममा जुवाखेल्ने १० जना प्रहरीको नियन्त्रणमा

मनोज डिसी रुकुम जिल्लाको मुसिकोट नगरपालिका–१ सल्ले स्थित केशव सुनारको घरबाट बिहिबार जुवा खेलि रहेका १० जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सुनारको घरको कोठामा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले ४ थान बुक तास सहित ४६ हजार १ सय चालिस रुपैयाँ बरामत गर्नुका साथै १० जनालाई पक्राउ गरिएको प्रहरी […]

मनोज डिसी रुकुम पश्चिममा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३, ज्यामिरेका आठ वर्षीय विशाल घर्तीको सर्पले डसेर मृत्यु भएको हो । उनलाई गएराति १० बजेको समयमा सुतिरहेका वेला सर्पले डसेको र उपचारका क्रममा जिल्ला अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । ढिलो गरी अस्पताल […]

एबिसी क्राईम ब्युरो ‘रेजिमेन्टल अधिकार खोसेर तत्कालीन गृहमन्त्रीहरू शेरबहादुर देउवा, वामदेव गौतम र कृष्णप्रसाद सिटौलाले फौजलाई कमजोर बनाउँदै आईजीपीको फुली लगाइदिने गलत अभ्यास बसाए’ २०५३ फागुन १५ मा नवनियुक्त आईजीपी अच्युतकृष्ण खरललाई दर्ज्यानी चिह्न लगाइदिँदै निवर्तमान आईजीपी मोतीलाल बोहरा (बायाँ) र त्यसको ३६ दिनपछि नियुक्त आईजीपी ध्रुवबहादुर प्रधानलाई दर्ज्यानी चिह्न लगाइदिँदै तत्कालीन गृहमन्त्री वामदेव गौतम […]

एबिसी क्राईम ब्युरो काठमाडौं सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखान नगरपालिका-३ घर भएका ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सुबास कुमार […]

एबिसी संचार काठमाडौँ नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज […]

एबिसी क्राईम ब्युरो काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । उपत्यकाभित्रको अपराध अनुसन्धान गर्दै आएको महाशाखाको कार्यालय अस्थायी रुपमा बानेश्वर सरेको हो । नयाँ भवन निर्माण कार्य सुरु भएकाले दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले प्रशासनलाई बताए । ‘अब बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट […]

एबिसी संचार दाङ असार २२ ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपुलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ निवासी ६९ बर्षीय अमिरुल्ला मुसलमानको उपचारको क्रममा सोमबार मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए । उनको सोमबार विहान ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मुसलमान पटक–पटक विरामी पर्ने गरेका थिए […]

महेन्द्र सिंह बाँके ५ नम्बर ब्यूरोको टोलीले बुटवलबाट ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीको टोलीले बुटवलबाट साढे २२ किलो चरेशसहित गुल्मीका मेघराज गिरी र पूर्वी रुकुमका रतिमान दमाईलाई पक्राउ गरेको हो । ब्यूरोको टोलीले दुई दिनअघि बाँकेबाट पाटे बाघको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको थियो

महेन्द्र सिंह बाँकेमा नक्क्ली कागजात र सरकारी छाप किर्ते गरेर सुनचाँदी व्यवसायीले एक करोड २५ लाख ऋण लिएको घटनामा बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका कर्मचारीसहित आठ जनालाई प्रतिवादी बनाएको छ । प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ । जसमा आठ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये तीन जनामात्रै […]

एबिसी संचार काठमाडौं दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने लागेको सुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सोमबारदेखि संचालन हुने उक्त नाका सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४ बाट बन्द थियो । नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको खड्काले बताए । प्रोटोकलअनुसार दैनिक चार […]

error: Content is protected !!