ABC (क्राईमबिट) लमजुङ । दोर्दी गाउँपालिका-६ सिमी गाउँबाट बरामद गरेको चितुवाको छालासहित पक्राउ परेको ३४ वर्षीय मनराज गुरुङ । लमजुङ झण्डै २ साताअघि लमजुङ प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाको मोबाइलमा एउटा फोन आयो, ‘यहाँ मान्छेसँग बाघको छाला छ ।’ तर, त्यो बाघको छाला नभई चितुवाको छाला थियो । डीएसपीले २ जना सादा पोसाकका प्रहरीलाई […]
(महेन्द्र सिंह) बाँके । मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट घरबिहिन भएका ७ घरपरिवारलाई नेपाल सरकारको तर्फबाट जनही रु १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका सामान तथा गाउँपालिकाको तर्फबाट खानाको प्रबन्ध मिलाईएकको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन । बाँके […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्जको जमुनाहा नाकामा सुविधा सम्पन्न हेल्थडेस्क निर्माण गरिएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेडिकल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी […]
(महेन्द्र सिंह) बाँके । भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र,मध्यप्रदेश,गुजरातमा केही दिनदेखि रात्रीकालिन कर्फ्यु जारी गरेको छ । महाराष्ट्र,तमिलनाडु,पञ्जाब,मध्यप्रदेश,दिल्ली,कर्नाटक,हरियाणा,गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले […]
(महेन्द्र सिंह) बाँके । नेपाली महिलालाई भारत लगेर ५० हजार भारुतीय रुपैयाँ (भारु)मा बिक्री गर्ने १ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्की छन् । प्रहरीका अनुसार कार्कीले ६ वर्ष अगाडि (२०७१ साल असार २८ गते) नेपाली महिलालाई भारत लगेर बेचबिखन गरेका थिए […]
ABC (क्राईमबिट) काठमाडौं । प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ । निर्वाचन भए आफू अनुकूल कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो । सरकारले अघिल्लो सातामात्रै १६ जना सचिवको सरुवा गरेको थियो । साढे चार वर्षे कार्यकालका सचिवलाई ८ […]
ABC संचार ब्युरो बाँके । नयाँ खाले कोरोनाको नेगेटिभ रिर्पोट देखाएमात्रै नेपाल प्रवेश गर्न भनिएको छ । नेपाल—भारत सीमा खोल्ने परिपत्रमा गरिएको जटिलखाले व्यवस्थाले भारतबाट फर्किने नेपालीहरु नेपाल प्रबेशमा समस्या देखिएको छ । परिपत्रमा भारतबाट आउने भारतीय नागरिक र नेपालीहरुको हकमा नयाँ प्रकारको कोरोना भाइरसको रिर्पोट नेगेटिभ देखाएर मात्रै नेपाल प्रवेश गर्न दिने भनिएको […]
ABC Sanchar काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो। यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो। लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए। झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन्। […]
ABC Sanchar काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल) समूहकी रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन् । राष्ट्रपति विदादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा राज्यविरुद्धको कसुर गरेको भनेर पक्राउ पूर्जी थमाइएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको शंखमूलस्थित निवासबाटै गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखका डीएसपी दूर्गाराज रेग्मीको हस्ताक्षर रहेको जरुरी पक्राउ पूर्जीमा झाँक्रीले […]
ABC क्राईमबिट काठमाडौं । महानगरपालिका-२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका-१२ घर भएका २० वर्षीय सुजन थिङ र १८ वर्षीय किशोर रहेका छन् । संरक्षित वन्यजन्तु चितुवाको दाह्रा […]