१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

मुख्य समाचार

नेकपा विप्लवका नेता धर्मेन्द्र बास्तोला फेरि पनि पक्राउ

  ABC Sanchar काठमाडौं । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ । पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा […]

ABC Sanchar काठमाडौँ । प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेकै दिन सङ्कटकालकै झल्को दिने गरी नेपाली सेनाले बख्तर बन्द गाडीहरूलाई बुटवलका सडकमा घुमाएको छ । पूर्व जानकारी विनै बख्तर बन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए । सेनाले बख्तर बन्द गाडी देखाएर डराउन खोजेको एक कार्यकर्ताले जानकारी दिए । बुटवल बेसक्याम्पबाट निकालिएका […]

  ABC Sanchar काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् । अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत […]

  ABC Sanchar काठमाडौं । विभाजित नेकपाको ओली समूहले यही माघ २३ गते नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ । सो आमसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको विपक्षीहरुले आरोप लगाइरहेका छन् । कतिपयले हिन्दु राष्ट्रको घोषणासँगै राजसंस्था पुनर्स्थापित गर्न लागेको प्रधानमन्त्री ओलीमाथि आरोप लगाइरहेका छन् । यस आरोपलाई बल पुग्ने गरी शहरी […]

ABC Sanchar काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ […]

महेन्द्र सिंह बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राष्ट्रिय अनुसन्धानका सहायक सुचक प्रविण थापा मगरको हत्यामा संलग्न अभियुक्तहरुलाई बुधबार सार्बजनिक गरेको छ । घटनामा ७ जनालाई पक्राउ गरेको आज आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरीले जानकारी दिएको छ । गत माघ २ गते नेपालगन्ज काँरकादोको पूर्व तर्फको खेतमा प्रविणको शव फेला परेपछि बाँके प्रहरीले बिशेष अनुसन्धान […]

ABC Sanchar काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले काठमाडौंको नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंमा आमसभा गर्न लागेको हो । भृकुटी मण्डपमा सभा गर्दा मान्छेहरु नअट्ने भन्दै सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको ओली नेतृत्वको नेकपा नेता आनन्द […]

(ABC संचार ब्युरो) कैलाली । राजनीतिक सत्ता र शक्तिका आडमा स्थानीय तहमा सरकारी गाडीको चरम दुरूपयोग भएको पाइएको छ । गाउँ गाउँमा सिंहदरबारको नारासहित संघियताअनुरूप व्यवस्था गरिएको स्थानीय तहका जनप्रतिनिधिले सरकारी गाडीको चरम दुरूपयोग गरिरहेको पाइएको हो । स्थानीय जनताका विकासका अपेक्षा एवं उनीहरूका समस्या समाधानका लागि ‘घर घरमा सरकार’का रूपमा चित्रण गरिएका स्थानीय तहका […]

(सन्दीप योगी) काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हालै बिहे गरे। ५० बर्षीय मुख्यमन्त्री राईले २३ बर्षीय मोडल जाङ्मू शेर्पा सँग बिहे गरेका हुन। नवविवाहित जोडीलाई शुभकामना दिने विवाहस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा अ‍ोली समेत पुगेका थिए। उनीहरुको उमेरको अन्तरका कारण पनि यो जोडीको बिहेले युवापुस्तामाझ खास चर्चा पायो। […]

  ABC संचार ब्युरो जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो । कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परे […]