१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि गाउँघरमा कोरोनाको डर

ABC Sanchar काठमाडौँ दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशँै आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक […]

बिदुर एमसी दाङको भालुवाङ राप्ती पुलको अबस्था खण्डहर अनि क्षत बिक्षत बन्दैछ राप्तीको पूल । विक्रम सम्बत २०४० सालतिर भारतको उत्तर प्रदेश सेतु निगमले बनाएको यो पूल पटकपटक यसैगरी क्षत विक्षत हुन्छ अनि टालटुल पारेर केही समयका लागि काम चलाउनुपर्ने बाध्यता छ, हाम्रो सामु । कहिले र कतिखेर पूल गर्ल्याम गुर्लुम भएर धराशायी हुने अनि […]

ABC Sanchar प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र बनाउने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन शुरु भएको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् । बुटवलको नेपालगञ्ज रोड प्रदेश सभा प्रवेश गर्ने द्वारमा युवाहरुले स्वतन्त्र रुपमा टायर बाल्दै प्रदर्शन गरेका छन । […]

महेन्द्र सिंह बाँके                                            लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न दुई जना बाँके प्रहरीको फन्दामा परेका छन । दाङबाट कुशुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिईएको जिल्ला […]

महेन्द्र सिंह बाँके नेपालगन्ज उप-महानगरपलिका वार्ड न. १८ स्तिथ यातायात व्यवस्था कार्यालयमा १ जनालाई कोरोना पोजिटिभ भएको यातायात व्यवस्था कार्यालय बाँकेको प्रमुख कामल गौतम ले जानकारी दिनु भएको छ । शुक्रबार भएको पि.सि.अर.का लागि भएको स्वब संकलन मा ४५ जना मध्ये १ जना लाई कोरोना पोजिटिभ देखिएको छ।

महेन्द्र सिंह कर अधिकृतलाई कोरोना देखिएपछि राजश्व कार्यालय बन्द आईतबार एक दिनकालागि आन्तरिक राजश्व कार्यालय बाँके बन्द हुने भएको छ । राजश्व कार्यालय नेपालगन्जका कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिए पछि आईतबार एक दिनकालागि सबै सेवा बन्द गरीएको हो । कार्यालयले एक सूचना जारी गर्दै आईतबार सबै सेवा बन्द रहने जनाएको छ। कार्यालयका सबै कर्मचारीलाई […]

एबिसी संचार दाङ प्रदेश ५ का डिआइजि रबिन्द्र धानुकले दाङका अबैध क्रशरमाथी कारबाहि गर्न जिल्ला प्रहरि कार्यालय दाङलाई कडा निर्देशन दिएका छन । अबैध क्रसरको बारेमा बिभिन्न सञ्चार माध्यममा निरन्तर समाचार आइरहेपछि कडा चासो दिदै तत्काल गैरकानुनि कार्य नियन्त्रण गर्न दाङका प्रहरि प्रमुख गणेश चन्दलाई कडा लिखितरुपमै निर्देशन दिएका छन । अबैध क्रशर बारे डिआइजि […]

राहुल गुप्ता वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । यसैबीच पर्सामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी […]

महेन्द्र सिंह बाँके अख्तियारले भेरी अस्पताल, नेपालगञ्जका कम्प्यूटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ । अख्तियार, नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, कम्प्यूटर अपरेटर खनालले विभिन्न पाटीसँग कमिसन वापत १६ लाख १३ हजार ९ सय ७५ रुपैया लिएका थिए । सामान खरिदको कमिसन रहेको बुझिएको छ । अख्तियार प्रमुख गैरेले स्रोत नखुलेको पैसासहित खनाललाई पक्राउ गरेको […]

महेन्द्र सिंह बाँके प्रहरीले डुडुवाको खडैचाबाट बाँके आशिष अहिर र राजकुमार यादवलाई ६५ सीसी कोरेक्ससहित पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, अहिर र यादवले बोराभित्र राखेर कोरेक्स ल्याइरहेका थिए । उनीहरुलाई गएराती पक्राउ गरिएको थियो । बाँकेमा लागु औषधीसहित दिनहुँजसो कारोबारीहरु पक्राउ परिरहेका छन् । नेपालगञ्जको मुख्य नाका जमुनाहा बन्द रहेपछि कारोबारीले छोटी नाकाहरु […]