(रसोज तामाङ) काठमाडौं । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राती पक्राउ गरेको हो । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर विदा हुँदैछन् । ३० वैशाखमा हुन लागेको निर्वाचन भन्दा १० दिन अघि ०७९ वैशाख १९ मा उनी अवकाश जाँदैछन् ।उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । थापाको अवकासपछि मुखैमा रहेको […]
(ABC-Sanchar) काठमाडौं । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाएका छन् । कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी […]
ABC (क्राईमबिट) काठमाडौं । आइतबार प्रहरी प्रधान कार्यालयले १८ एसपीको सरुवा निकालेको केही समयमै सरुवा संशोधन गरेको छ । सरुवामा सात जिल्लाका एसपी फेरिएकोमा गुल्मीको एसपीमा हेरफेर भएको हो । सुरुमा गुल्मीमा दीपक कुमार बस्नेतलाई पठाइएको थियो । तर, एकैछिनमा संशोधन गरी एसपी भिम दाहाललाई गुल्मीमा पठाइएको थियो । एसपी बस्नेत यसअघि पनि गुल्मी बसेको […]
(ABC-Sanchar) बाँके । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेको वडाअध्यक्ष रामलखन थारुले जानकारी दिए। बाघले आक्रमण गरेपनि उनी बाँच्न सफल भएका उनले बताए। वडाअध्यक्ष थारुका अनुसार आइतबार माध्यान्ह १२ बजेतिर सामुदायिक वन क्षेत्रभित्र बाघले आक्रमण गरेको थियो। मण्डफवा सामुदायिक वनको पहाडी क्षेत्रमा घाँस, दाउरा खोज्न गएका […]
(सागर थापा) दाङ । सोमवार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं.३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै घोराही–लमही सडकखण्ड अवरूद्ध गरेका थिए । उक्त सडक करिब ६ घण्टा पछि खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए । उनले […]
ABC (क्राईमबिट) काभ्रेपलाञ्चोक — नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । स्थानीय गोपाल […]
कपिलवस्तुमा पटका पड्काउने क्रममा आगलागी हुँदा एक जना घाइते भएका छन् । शिवराज नगरपालिका १० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा आएको विवाहको जन्तीले पटका पड्काउने क्रममा आगलागी हुँदा स्थानीय ३७ वर्षीय राजेश यादव घाइते भएका हुन् । घटनामा सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठसमेत जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घाइते […]
काठमाडौँ– ईसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रकाउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका–२ घर भइ हाल पर्सा वीरगञ्ज बस्दै आएका सुभम साह र बारा महागढिमाई नगरपालिका–१० घर भइ हाल वीरगञ्ज बस्दै आएका सर्फराज आलम रहेको प्रहरीले जनाएको छ। उनीहरुले ईसेवामा ५० हजार रकम जम्मा गरेमा २५ हजार […]
(Abc sanchar) बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी ६ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेल शनिबार पक्राउ परेका हुन्। पौडेललाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी उनले दिए। बालिकाकी […]