०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

भिड नियन्त्रण तथा मानव अधिकार बारे प्रहरी कर्मचारीलाई पुनर्ताजगी तालिम दिदै डिएसपी खनाल

(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नो मातहतमा कार्यरत प्रहरी कर्मचारीलाई भिड नियन्त्रण तथा मानव अधिकार बारे पुनर्ताजगी कार्यक्रम अभियान सुरु गरेको छ । प्रहरी संगठनमा आवद्ध हुँदा प्रत्यक प्रहरी कर्मचारीले भिड नियन्त्रण तथा मानव अधिकार बारे सजग रहन गरिनु पर्ने तालिम ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना मातहतका कर्मचारीलाई पुन अभ्यास गराइरहेको छ […]

(ABC-Sanchar) काठमाडौं । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् । गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले […]

ABC (क्राईमबिट) कपिलवस्तु । कृष्णनगर नगरपालिका ८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीन सय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीन वटा जाल प्रहरीले बरामद गरेको हो । हातहतियार लुकाएको […]

(ABC-Sanchar) काठमाडौं । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे । विभागले विभागका […]

(ABC-Sanchar) नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध तरिकाले ल्याउँदै गरेको १० लाख १२ हजार मुल्य बराबरका खसी नियन्त्रणमा लिएको छ । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर ४ दरखासेबाट ४६ वटा खसी नियन्त्रणमा लिएको हो । भारतबाट खसीहरु पैदल डोरीमा बाधी डोहो¥यायर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त खसीहरु नियन्त्रणमा […]

(ABC-Sanchar) काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउदै सामाजिक संजालमा उग्र अभिव्यक्ति दिने ज्वाला संग्रौला पक्राउ परेकी छन् । उनलाई प्रहरीले एक महिलामाथि हातपात गरेको अभियोगमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीसँगै अर्का दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ परेका अन्य दुई महिलाहरुमा शर्मिला वाइबा र हिमाल उपाध्याय रहका छन् । उनीहरुबिरुद्ध खुश्बु […]

(ABC-Sanchar) दाङ । कोरोना महामारीको समयमा उत्कृट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द सम्मानित हुनुभएको छ । कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गर्ने चंन्द सहति प्रहरीहरुलाई जिल्ला प्रशासन कार्यालय दाङले सम्मान गरेको हो । जिल्ला प्रशासन कार्यालयले आईतवार एक कार्यक्रमको आयोजना गरि एसपी चन्द सहित प्रहरी अधिकृत एवं प्रहरीहरुलाई सम्मान गरेको […]

(ABC-Sanchar) बाँके । नेपालगन्जको सिमा जमुनाहा नाका पश्चिम नेपालको ठुलो व्यवसायिक नाका हो । यहाँ यो नाका भएर दैनिक १० हजार बढी नागरिकहरू भारतको रूपैडिया बजारमा बजार गर्न जाने गरेका छन् । अहिले लकडाउनका कारण यो नाकामा अलि कमै चलपहल देखिने गरेको छ । यहाँको सुरक्षा व्यवस्थापनमा बाँके प्रहरी सधैं संवेदनशिल भैरहेको बाँकेका प्रहरी प्रमुख […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका १५ सिद्धरत्न टोलको सडकमा बेवारिसे अवस्थामा अन्दाजी बर्ष २७ का आफ्नो नाम भन्न नसक्ने एक मनोरोगि युवाकलाई उक्त टोलका अध्यक्ष श्री टोपेन्द्र न्यौपानेको रोहवरमा तथा अन्य टोल बासीको उपस्थितिमा र मानव कल्याण समाज सेवा घरका अभियान्ता हरुको पहलमा उद्दार गरि सेवा घरमा ल्याइएको छ । मानवीय कल्याणकारी कार्यमा सहजता […]

ABC (क्राईमबिट) कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुुका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारी नगदसहित पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । उनिहरुलाई एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले सम्मानित गरेका हुन् […]

error: Content is protected !!