(ABC Sanchar) मुस्ताङ । जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र-१ अन्र्तगतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीयबासी तथा गाउँ मुखिया र मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीको संयुक्त […]
(ABC Sanchar) काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुन मान्यता भएकोले कसैको भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ । अहिलेकाे सरकार काम चलाउ हाे कि भन्ने खालका प्रश्न उठेकाे भन्दै काेही पनि भ्रममा नपर्न अपील गर्नुभयाे । आज मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]
ABC (क्राईमबिट) इटहरी । ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव अख्तियारको फन्दामा परेका छन् । स्थानीय व्यापारी विनोद शाहसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो । यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको […]
(महेन्द्र सिंह) बाँके । निजी क्षेत्रको तारा एयरलाइन्सले नेपालगंजबाट हुम्लाका लागि सहुलियत उडान सुरु गरेको छ । सर्वसाधारणलाई मध्य नजर राखि उक्त एयरलाइन्सले सहुलियत उडान सुरु गरेको हो । हुम्लाका न्यून आयश्रोत भएका स्थानीयलाई मध्यनजर राखि सहुलियत उडान नेपालगंजबाट सिमकोटका लागि भर्न सुरु गरेको तारा एयर सिमकोटका सहइनचार्ज नुर्वु लामाले बताउनुभयो । कोरोना कहर पछि […]
ABC (क्राईमबिट) वाग्मती । प्रहरीले जनतालाई पु¥याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ । यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको गुनासो पेटिका अब प्रदेशका अन्य सबै पालिकामा समेत राख्ने गरी तयारी […]
(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट बच्न आम नागरिकमा अपिल गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी महामारीको नयाँ प्रकारको संक्रमणबाट बच्न सबैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गर्नुभएको छ । कोरोना भाईरसको नयाँ प्रकार संक्रमण दक्षिण अफ्रिकामा देखा परेको […]
(ABC Sanchar) जुम्ला । अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन्। महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए। उनले भने, “एक हप्तादेखि बाख्रा मर्न थालेको र मेरा मात्र ६ वटा बोका मरिसके, चार वटा बिरामी छन् ।” विसं […]
ABC (क्राईमबिट) काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन्। […]
ABC (क्राईमबिट) कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ३ की दीपा रोकाको हत्या अभियोगमा एक जना किशोर पक्राउ परेका छन्। दीपाको हत्या गर्ने शिवराज नगरपालिका वडा नं. ४ बस्ने बर्ष २० का अतिउल्ला बढई पक्राउ परेका हुन्। गत पुस ११ गते पानी लिन गएकी रोका एकाएक हराएपछि खोजतलास गर्नेक्रममा पुस १३ गते खोलामा मृत […]
ABC (क्राईमबिट) काभ्रेपलाञ्चोक । गाई काटेको अभियोगमा महाभारत गाउँपालिका-१ गोकुले बस्ने ५३ वर्षीय रत्न बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो । यस […]