(ABC-Sanchar) काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ। शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पनि मान्य थियो ।
(ABC-Sanchar) काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । […]
(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर बेलौरीबाट प्रहरीले रसायनिक मलखाद बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरेको हो। बरामद गरिएको मलखादको बजार मूल्य २ लाख ९६ हजार रूपैयाँ बराबर रहेको भारतीय डिएपी मलखाद बेवारिसे अवस्थामा […]
(ABC-Sanchar) दाङ । कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ । कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ । अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी […]
(ABC-Sanchar) बाँके । नेपालगन्ज उच्चअदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोभिडको विरामीको परीक्षण र उपचार निःशूल्क गर्ने व्यवस्था गर्न आदेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड– १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड– १९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको हो । अदालतका […]
ABC (क्राईमबिट) मोहत्तरी । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा […]
ABC (क्राईमबिट) कञ्चनपुर । भन्सार छली अवैध रुपमा भित्र्याईदै गरेका करिब ५ लाख बढीका सामग्रीहरु बरामद गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेड क्वाटर शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट खड्डाककडबाट गएको संयुक्त मोबाईल गस्ती टोलीले अवैध रुपमा भन्सार छली गरेर भित्र्याउदै गरेका ५ लाख २६ हजार ४ सय बराबरका सामानहरु बरामद गरेको […]
(सर्मिला बोगटी) धनगढी । सामान्यतया सरकारी कार्यालयमा सेवाग्राहीको भिड लागेको हुन्छ। तर, शुक्रबार नापी कार्याललय कैलालीमा फरक दृश्य देखियो। नापी कार्यालयमै विवाहका लागि झकीझकाउ गरेको देख्दा धेरै अच्चमित भए। कोरोना संक्रमण फैलिएपछि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको हो। नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी […]
(ABC-Sanchar) वीरगञ्ज । नारायणी अस्पतालमा उपचाररत ६४ जना कोरोनामुक्त भएर घर फर्केका छन् । अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार ०७७ चैत १५ गतेदेखि अस्पतालमा भर्ना भएका १ सय ४१ जना संक्रमितमध्ये ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका हुन् । यस अवधिमा २४ जनाले संक्रमणबाट आफ्नो ज्यान गुमाएको नारायणी अस्पतालका प्रवक्ता डा. सरोज सिंहले जानकारी […]
ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ । गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष […]