राहुल गुप्ता बारामा आजदेखि सार्वजनिक स्वास्थ्यमा मास्क अनिवार्य गरिएको छ। आजदेखि सार्वजनिक स्थानमा मास्क प्रयोग नगरेको पाईए ऐन अनुसार एक सय रुपैयाँ जरिवाना गरिने उहाँले बताउनुभयो। लकडाउन खुकुलो भएसगँ बजारमा चहल-पहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास समेत बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। आज देखि घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने […]
सागर थापा दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परिक्षणको स्थानीय तहसंग रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षणका लागि किट खरिद, कर्मचारीको तलब भत्ता बुझाउन रकम अभाव भएको भन्दै प्रतिष्ठानले स्थानीय सरकारसंग कोरोना परिक्षणको रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षण गर्न प्रतिष्ठानले प्रति स्वाव पाँच हजार ५ सय रुपैयाँ लिन […]
सागर थापा /महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी ओम बहादुर राना आए देखि धमाधम तस्करीहरु पक्राउ पर्न थालेको छ्न। यो भन्दा अगाडि धेरै जसो सुर्तीको व्यापक तस्करी भइरहेको थियो । कहिले एम्बुलेन्स दूधको भाडोमा त कहिले चाउचाउ बोकेको गाडीमा राखेर सुर्ती ल्याउने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय,वनकट्टी कम्दीले प्रिति […]
महेन्द्र सिंह बाँके नेपालगन्जको वयेष्टन अस्पतालको लापरवाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । बर्दिया राजापुर नगरपालिका १० की ४३ बर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरुले आज नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् । पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको १६ गते मंगलवार शल्यक्रियाबाट […]
राहुल गुप्ता बारामा बिहीबार बिहान चट्याङले गर्दा ४ जनाको ज्यान गएको छ । चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई प्रदेश न.२ सरकारले १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकारको आकस्मिक बैठक बस्दै प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने , बारामा बिहीबार बिहान चट्याङ लागेर ४ जना महिलाले […]
एबिसी संचार सल्यान जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । बुधबार बिहान ४ बजेदेखि सल्यान कारागारमा रहेका पाँच कैदीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागिएको जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका […]
एबिसी संचार कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो। पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान […]
सागर थापा /महेन्द्र सिंह बाँकेमा एसपी ओम बहादुर राना आए देखि दुई नम्बरी गर्ने हरुको सातो गएको छ । यस्तै राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक […]
महेन्द्र सिंह बाँके कोहलपुर क्षेत्रमा सचेतना बोर्ड राखिएको छ कोहलपुर नगरपालिका क्षेत्र भित्र पर्ने पुर्व पश्चिम तथा उत्तर दक्षिण राजमार्गका बिभिन्न १० वटा स्थानहरुमा ट्राफिक जनचेतनामुलक बोर्डहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिए । बाँकेको कोहलपुर क्षेत्र दुर्घटनाको दृष्टिले संवेदनशिल मानिन्छ । लकडाउन अवधिमै भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको […]
रबिन शर्मा ललितपुर प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताउनुभएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो । भवन उदघाटन […]