सागर थापा दाङ लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाइ भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइन मा रहदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश […]
सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले शुक्रबार दुर्घटना न्यूनीकरण गर्न राप्ती लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा ट्राफिक सचेतना वोर्ड राखिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्नकालागि शुक्रबार बिभिन्न स्थानमा ट्राफिक सचेतना वार्ड राखिएको हो । दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मी सिनियर हवलदार टेकबहादुर कुसारीसहितको टोलीले सल्यान र दाङको सीमानामा समेत बोर्ड राखेको छ […]
सागर थापा बाँके खजुराको पीबीसी इट्टा उद्योग परिसरमा ज्यान मार्ने उद्योग गरी फरार रहेका चार जनामध्ये बाँके प्रहरीले गुनानाबाट कलिम भाट र समीर भाटलाई पक्राउ गरेको हो । बाँके प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । उक्त घटनामा सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएका थिए ।
तेज वली सल्यानमा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदाँ सल्यानमा एक जना कर्मचारी गम्भीर घाइते भएका छन् । खलंगा-श्रीनगर सडक खण्डको मैसेपानी क्षेत्रमा बुधबार दिउँसो १ बजेतीर भएको दुर्घटनामा परेर नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी घनश्याम न्याैपाने घाइते भएका हुन् । मोटरसाईकल चालक रहेका न्यौपानेकाे घर शारदा नगरपालिका १ हाे । श्रीनगरबाट खलंगा आउदैँ गरेको […]
महेन्द्र सिंह बाँके नेपालगञ्जको त्रिभुवनचोक विहान मजदुरको ठूलो संख्या जम्मा हुने गर्दछ । त्यही मजदुरलाई लक्षित गरेर बिहीबार पीसीआर जाँचका लागि स्वाव संकलन गरिएको छ । कसौधन बैश्य समाज र रेडक्रसको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । ठूलो संख्यामा जम्मा भएका मजदुरमध्ये ‘केही’ले स्वाव दिएका छन् । केही भने […]
महेन्द्र सिंह बाँके सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन खोलेसँगै नेपाल भारत सीमा नाका अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव दिएका छन् । पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमित घट्दै गएको भए पनि भारतमा भने अत्यधिक तीव्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरूले बताएका छन् । […]
एबिसी क्राईमबिट काठमाडौं कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ । बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन् । प्रहरी प्रशासनको मानमाथि प्रश्न उठाएको यस घटनाको सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा पुर्याउन […]
एबिसी क्राईमबिट काठमाडौँ नेपाल प्रहरीका ७९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारको लागि बढुवा सिफारिसमा परेका छन् । बुधबार मध्यरातमा बढुवा सुची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ७९६ जवानलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो । बुधबार बिहानैदेखि बसेको बढुवा समितिको बैठकले उक्त बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शैलेस थापा क्षेत्री […]
महेन्द्र सिंह बाँके विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरी प्रसंशनीय कार्य गरेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.ना.नि.सुरेन्द्र कुमार पन्त, प्र.ज.पुर्ण बहादुर महतरा र प्र.ज.रामसुमा चौधरीलाई अभिलेखमा जनिने गरि नगद पुरस्कारद्वारा पुरष्कृत गरिएको […]
एबिसी संचार दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले दुव्र्यसनमुक्त र अपराधमुक्त गाउँपालिका निर्माणका लागि घरेलु मादक पदार्थ सेवनलाई रोक लगाउनु पर्ने बताएका छन् । समाजमा अपराधजन्य घटना घट्नुको मुख्य कारण लागुऔषध र मादक पदार्थ सेवन रहेको भन्दै यसलाई पूर्ण रुपमा रोक लगाउनु पर्ने प्रहरी प्रमुख सिंहले बताए । तुलसीपुर उपमहानगरपालिकाको […]