सागर थापा जिल्ला समन्वय समिति दाङले देउखुरी क्षेत्रको राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अनुगमन गरेको छ । समितिले चालु आर्थिक वर्षमा टेन्डर आव्हान मार्फत ठेक्का खोलिएका राप्ती नदी घाटहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा ठेक्का परेको स्थानमा चार किल्ला प्रमाणित नभएको र नदीजन्य पदार्थ निकाल्दा मापदण्डभन्दा अत्यधिक गहिराई रहेको पाइएको छ । बिकास निर्माणको […]
एबिसी संचार बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो। यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी […]
(विपुल पोख्रेल) कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको समयमा पत्रकारिता क्षेत्र पनि अपवाद हुने कुरै भएन । नेपाली पत्रकारितासँगै विश्व पत्रकारिताका लागि पनि यो महामारी एउटा चुनौती भएर उभिएको छ भने यसले केही सिकाइ छाडेर अनि केही प्रवृत्तिलाई तलमाथि पारेरमात्र हामीबाट बिदा हुनेछ । यस चुनौतीको बेलैमा सामना गर्न नसक्ने र उपयुक्त रणनीतिका […]
एबिसी संचार दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्य कक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० संक्रमणको समय फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मीहरु उच्च जोखिममा रहने भएकाले जोखिमको आशंका लागेमा राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी […]
एबिसी संचार दाङ तुलसीपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजको टोलीले दाङको ग्वारखोलामा अनुगमन गरेको छ । मापदण्ड विपरित ग्वारखोलाबाट ढुङ्गा, गिट्टी र बालुवाको उत्खन्न भइरेहेको भन्ने खबरका आधारमा अनुगमन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज सम्पर्क कार्यालयका प्रमुख गणेश गैरले बताए । जिल्ला समन्वय समिति दाङले ग्वारखोलामा अनुगमन गरेको भोलीपल्ट अख्तियारको टोलीले अनुगमन गरेको हो […]
एबिसी संचार काठमाडौँ असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवै पक्षको बहस सुनेर मात्र अन्तरिम आदेशबारे निर्णय गर्न […]
एबिसी संचार काठमाडौँ सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक(एआईजी) को सरुवा भएको छ । मन्त्रिपरिषद्को बुधवारका बैठकले सशस्त्रका ३ जना एआईजीको सरुवा गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक वर्ष नपुगी एआईजीको सरुवा नगर्ने अडान राखेपछि सरुवा केही समय रोकिएको थियो । गृह सचिव महेश्वर न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृह मन्त्रालयले सरुवा अघि बढाउने […]
एबिसी संचार पर्सा भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको विभिन्न ब्रान्डका मदिराहरु सहित वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ना.२ ख ७३७५ नम्बरको तेल ट्यांकरका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ बस्ने ४७ वर्षीय सन्दिप थिङ र सोही उपमहानगरपालिका-२१ बस्ने सहचालक २२ वर्षीय राधे बुढाथोकी रहेका छन् […]
एबिसी संचार काठमाडौं मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । प्रहरीले पसल बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्र तनावग्रस्त भएको हाे । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको […]
सागर थापा दाङ २०७५ सालमा एकै वर्षमा तीन वटा उपन्यास निकालेर कृतिमानि कायम गरेका उपन्यासकार सविन प्रियासनले यस वर्षको सुरुवातमै दुईवटा उपन्यास निकाल्ने तयारी गरेका छन् । उपन्यासकार प्रियासनले लकडाउन लभ र एयर होस्टेस नामक दुईवटा नयाँ उपन्यास निकाल्ने तयारी गर्नु भएको छ । नवौ र दशौं उपन्यासकारुपमा रहेको लकडाउन लभ र एयर होस्टेस उपन्यास […]