विमल भट्टराई सुनवल नगरपालिका वडा नं ७ चार पालाका मृगौला पीडित शेरबहादुर परियारको उपचारका लागि सहयोग रकम प्राप्त भएको छ । स्याङ्जा जिल्ला श्रीकृष्ण गण्डकी गाउँपालिका वडा नं ५ भगवती टोल जन्म भई हाल अमेरिका कोलोराडो निवासी भुवन भट्टराई र श्रीमति राधा भट्टराई तथा रुपन्देही देबदह नगरपालिका वडा नम्बर छ बैकुण्ठ नगर हाल अमेरिका कोलोराडो […]
सागर थापा दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर हामी सबै नागरिकहरुको सुरक्षाको लागि हो यसलाई हामी सबैले पालना गर्न जरुरी छ देश अहिले विश्वभर फैलिएको कोरोना भाइसरलाई अन्त गर्न यसको उपचार भनेको लकडाउननै हो । अर्को प्रश्नमा तुल्सीपुर क्षेत्रमा हुने […]
काठमाडौँ लकडाउन घोषणा भएको ७२ औँ दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने घोषणा गरेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि (बिहिबार) देखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल तथा व्यवसाय खोल्ने निर्णय गरेका हुन्। बुधबार महासंघले विज्ञप्ति जारी गर्दै भोलि अर्थात जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको […]
महेन्द्र सिंह बाँके जेठ २२ गुणस्तरहिन मासु बेच्ने फ्रेस हाउसलाई कारवाही नेपालगन्जमा बुधबार मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुखुराको अखाद्य (गुणस्तरहिन) मासु बेचेको भेटिएपछि नेपालगन्ज धम्बोझीको सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई कारबाही गरीएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । पौड्यालको नेतृत्वमा खटिएको बजार अनुगमन […]
एबिसी संचार क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेकाहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् । वडा नम्बर ९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा बसेकाहरुले आरडिटी टेष्ट गर्ने क्रममा दुईजना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेब शेख खुसैद र स्वास्थ्यकर्मी राम नरेश साह घाइते भएका हुन् । उनीहरुको टाउकोमा […]
एबिसी संचार दाङको बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ। बंगलाचुली गाँउपालिकाले सूचना निकालेर वडामा सङ्क्रमणको उच्च जोखिम भएको भन्दै वडा सील गरेको जानकारी गराएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मकालागि वडा सिल गरिएको पालिकाको सुचनामा उल्लेख छ। राप्ती स्वास्थ्य […]
एबिसी संचार ताप्लेजुङ डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलवार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। सेतक चिनीको छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग घुस मागगरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस […]
नन्दु यादव पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ६मा अवस्थित कुबेर बचत तथा ऋण सहकारी सस्थाा लिमिटेड ले ब्याज छुट दिने भएकाेे छ ।बिश्वब्यापी रुपमा फेैलिदै गईरहेकाे काेराेना सक्रमणले गर्दा देशनै लकडाउन अवस्था मा रहेकाे कारण अार्थिक अवस्था तहस नहस भएकाे अवस्थालाई मध्ये नजर गर्दै सस्थाबाट ऋण लिएका ेसेवाग्राही हरुलाई ब्याजमा छुट दिने निर्णय […]
सागर थापा काठमाण्डौ युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क राष्ट्रिय अनलाईन पत्रकार संघलाई हस्तान्तरण गरेको छ । युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानालाई माक्स हस्तान्तरण गरेका हुन् । […]
महेन्द्र सिंह बाँके जेठ २० कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टरहरुले चिकित्सामाथि हातपात गरीएको घटनाप्रति विरोध जनाएका छन् । काठमाण्डौ स्थित नेपाल मेडिकल कलेज, जोरपाटीमा यही जेष्ठ १४ गतेका दिन चिकित्सामाथि हातपात गरेकोप्रति घोर भत्सना गर्दै विरोध जनाएका हुन् । नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा.दिनेश श्रेष्ठले विश्वमा फैलिएको कोरोना भाइसरसंग लड्नका […]