२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

बाँके प्रहरीले लक डाउन उलंघन गर्ने २१९ सवारी साधन नियन्त्रणमा

(महेन्द्र सिंह) कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले अहिले लकडाउनको घोषणा गरेको छ । बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । लकडाउनको १४ औं दिन सोमबार मात्र बाँके प्रहरीले लकडाउन उल्लंघन गर्ने २१९ वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ । […]

(बिदुर एमसी) दाङ भालुवाङ चैत २५ सरकारी अनुमतिबाट यसरी आएका छन्, भारतीय गाडीहरुमा भारतकाे लखनउबाट तरकारी र फलफूल कपिलवस्तुको बढनी कृष्णनगर भन्सार पास गरेर देउखुरीकाे भालुवाङ्गमा स्थानीय बासीहरुले यसको विरोध गरेपछि केही बेर ती गाडीहरुलाई रोकेर राखेको थियो । यता यश विशेषमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीसङ कुरा गर्दा लकडाउनको बेला अत्यावश्यक सवारीसाधन जस्तो पेट्रोल डिजेल […]

(बिदुर एमसी) दाङको पूर्वी देउखुरी भालुवाङ्गस्थित इन्द्रेणी युवा क्लब, भालुवाङ्गले सुरक्षा निकाय र स्वास्थ्य निकायलाई दृष्टिगत गरि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । विश्व मानव जगत काेभिड 19 नामक नाेबेल काेराेना भाइरससङ्ग जुधिरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाल यतिखेर लक डाउनमा परेको छ । विभिन्न प्रकारका यात्रु र सेवाग्राहीहरुसित प्रत्यक्ष रुपमा काम गर्नुपर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु […]

(सागर थापा) दाङको घोराही बजारमा विभिन्न बहाना बनाई लकडाउन उल्लंघन हुन थालेपछि दाङको घोराहीमा प्रहरीले अत्यावश्यकीय कामबाहेक हिडेकाहरुलाई (स्टिकी क्याच’बाट) पक्राउ गर्न थालेको छ । वडा प्रहरी कार्यालय घोराही जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लगएतले आफै निर्माण गरेको स्टिकी क्याचको सहायताले दाङमा समात्न सुरु गरेको छ । सोमबार १० जनालाई लट्ठीको […]

काठमाडौँ कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल सरकारले लकडाउन गरेको छ। सोमबार लक डाउनको १४ औँ दिन हो। सरकारले लकडाउन थप ८ दिन लम्ब्याएको छ। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधन के कति र कति आवश्यकताका लागि चले भनेर तथ्यांक राख्न सुरु गरेको छ। काठमाडौँमा चारवाट नाका कोटेश्वर,थापाथली, केशरमहल र महाराजगन्जबाट सोमबारदेखि तथ्याङ्क संकलन सुरु […]

काठमाडौँ चैत २४ दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय […]

डोटीको जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गोलि हानेर हत्या गरिएको छ । आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ । अनितालाई उनलाई २२ वर्षिया श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ । मृतक अनिता र उनका […]

काठमाडौं नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो। स्रोतका अनुसार आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीले चाहेमा आजै दिउँसो बस्ने मन्त्रिपरिषद् […]

अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान उत्पादन हुने गरेको छ । गत महिना कम्पनीले […]

कठिनाई र जोखिम मोल्दै अग्रभागमा रहेर कोरोना संक्रमण नियन्त्रणका लागि सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिकसामु पुराइरहेका पत्रकारहरुलाई राहत प्याकेज ल्याउन माग गरेको छ । अध्यक्ष गोविन्द आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै अग्रमोर्चामा रहेर जस्तोसुकै असहजता, चुनौती, कठिनाई र जोखिममा रहेर पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका पत्रकार तथा सञ्चारमाध्यमको प्रशंसा गर्दै उनीहरुका लागि सरकारले […]

error: Content is protected !!